सुनसरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ स्थित भित्री सडकखण्डबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। दुहवी र सितागंज प्रहरीको संयुक्त टोलीले कार्तिक २१ गते राति करिब ८ बजे गरेको विशेष अपरेसनमा करिब २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको थियो। प्रहरीले बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
कारबाहीका क्रममा गाडी चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि पहिचान र खोजतलास भइरहेको प्रहरी स्रोतले जनाएको छ।
हालैका दिनमा सुनसरी तथा आसपासका क्षेत्रमा लागुऔषध ओसारपसारका गतिविधि बढ्दै गइरहेको भन्दै प्रहरीले निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने चेतावनी दिएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post