विराटनगर — विराटनगर महानगरपालिकाले गाई–भैंसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियान औपचारिक रूपमा प्रारम्भ गरेको छ। कोशी प्रदेशलाई “खोरेत रोगमुक्त प्रदेश” बनाउने लक्ष्यसहित सुरु गरिएको यस अभियानको पहिलो चरणमा १६ हजार ६ सयभन्दा बढी चौपायालाई खोप लगाइनेछ।
यस अभियानको उद्घाटन विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा वडा नं. १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा गरिएको हो। कार्यक्रममा सहभागीहरूले गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरे।
कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले महानगरमा करिब २१ हजार ६ सय गाई–भैंसी रहेको जनाउँदै पहिलो चरणमा १६ हजारभन्दा बढीलाई खोप लगाउने र सम्पूर्ण तथ्यांकलाई डिजिटल प्रणालीमा अभिलेख गरिने बताए। उनका अनुसार मोरङ जिल्लाभर ३ लाख ८० हजार डोज खोरेत खोप र बंगुरका लागि ५६ हजार डोज वितरणको तयारी गरिएको छ।
कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका १३७ स्थानीय तहमा यो अभियान विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनले भने, “इलाम जिल्ला पहिले नै खोरेतमुक्त घोषणा भइसकेको छ, अब मोरङ, झापा, सुनसरी र उदयपुरमा पनि यो अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ।”
पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवालीले यो अभियानले किसानको हानी घटाउने र स्वस्थ पशुपालनतर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
त्यसैगरी, महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवले १९ वटै वडामा खोप अभियान निरन्तर सञ्चालन गरिने बताउँदै कृषकहरूलाई सक्रिय सहभागिताको आग्रह गरे। वडा नं. १२ का कार्यबाहक अध्यक्ष कुशेश्वर राजवंशीले हरेक वर्ष खोरेतका कारण हुने आर्थिक क्षति रोकथाममा यो अभियान महत्वपूर्ण हुने बताए।
कोशी प्रदेश सरकारले आगामी वर्षभित्र सम्पूर्ण जिल्लालाई खोरेतमुक्त घोषणा गर्ने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post