विराटनगर — किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा यही कात्तिक २५ गते (मंगलबार) कोशी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार एक सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शिक्षण संस्थामा बिदा हुने जनाएको छ।
महागुरु फाल्गुनन्द लिङ्देनको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लामा भएको हो। उनले किराँत धर्म, भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणमा जीवन समर्पण गरेका थिए। समाजमा सत्य, अहिंसा, समानता र मौलिक परम्पराको संरक्षणका पक्षधर रहेका फाल्गुनन्दले समाज सुधारका लागि उल्लेखनीय योगदान दिएका थिए।
उनको स्मृतिमा कोशी प्रदेशका विभिन्न जिल्लामा मंगलवार विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्दै फाल्गुनन्द जयन्ती भव्य रूपमा मनाउने तयारी गरिएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post