इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्वमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती गरिएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको छ।
प्रहरीका अनुसार धनकुटाको शहीदभूमी गाउँपालिका–५ स्थित करिब पाँच रोपनी क्षेत्रफलमा रहेका करिब १० हजार गाँजाका बोटहरू इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले फडानी गरी जलाई नष्ट गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय राजारानी को टोलीले चौबिसे गाउँपालिका–५ डाँडाखर्क क्षेत्रमा तीन रोपनी क्षेत्रफलमा उम्रिएका करिब ४ सय गाँजाका बोट नष्ट गरेको जनाएको छ।
भोजपुरतर्फ पनि अवैध खेती नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको छ। इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानबाट खटिएको संयुक्त टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडाहरूमा करिब १० रोपनी जग्गामा रहेका १ हजार ५० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार, अवैध गाँजा खेती नियन्त्रण तथा मादक पदार्थ दुरुपयोग रोकथामका लागि प्रदेशभर निरन्तर अभियान सञ्चालन भइरहेको छ।
प्रदेश प्रहरीले यस्तो अवैध खेतीमा संलग्न व्यक्ति र समूहमाथि कानुनी कारबाही कडाइका साथ अघि बढाइने चेतावनी समेत दिएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post