इनरुवा । सुनसरीको गढी गाउँपालिका कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत कार्यरत पाँच जना करार कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ। गाउँकार्यपालिकाको मिति २०८२।७। १७ गते बसेको बैठकले नेपाल सरकारको मिति २०८२ असोज ५ गतेको निर्णय र मन्त्रालयको परिपत्रअनुसार सो निर्णय गरेको हो।
गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख भएअनुसार, साझेदारी संस्था सुधार कार्यक्रमअन्तर्गत नियुक्त ती कर्मचारीहरूको करार सम्झौता मिति २०८२ साउन १ गतेदेखि प्रभावकारी हुनेगरी रद्द गरिएको छ।

रद्द गरिएका पदहरूमा १ जना कानुनी सल्लाहकार, १ जना स्वकृत सचिव ९अध्यक्ष०, १ जना अपाङ्ग सहायक सहयोगकर्ता, १ जना रोजगार सहायक र १ जना प्राविधिक सहायक रहेका छन्। तीमध्ये रोजगार सहायक र प्राविधिक सहायक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत थिए।
गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिता रिमाल र गाउँपालिका अध्यक्ष आशा नारायण चौधरीले हस्ताक्षर गरेको सूचनामा उक्त निर्णय सबै सरोकारवालालाई जानकारीका लागि सार्वजनिक गरिएको उल्लेख छ।
गाउँपालिकाले मन्त्रालयको निर्देशनअनुसार करार सम्झौता रद्द गर्ने निर्णय कार्यान्वयनमा ल्याइसकेको जनाएको छ।










Discussion about this post