इटहरी । जेनजी आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा क्षतिग्रस्त भएपछि करिब दुई महिनादेखि वैकल्पिक स्थानबाट सेवा दिइरहेको इलाका प्रहरी कार्यालय इटहरी अब रंगशालाभित्र निर्माण गरिएको नयाँ अस्थायी भवनबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।
डीएसपी सुवास हमालका अनुसार नयाँ अस्थायी भवन पुरानो जलेको संरचना र तरहरा प्रहरी चौकीको भवनभन्दा फराकिलो र व्यवस्थित छ। उक्त भवनमा १५० जना सम्म थुनुवा राख्न सकिने नयाँ हिरासत कक्ष तयार गरिएको छ भने, कार्यालयका सबै शाखाहरूका लागि अलग-अलग कोठा समेत निर्माण गरिएको छ।
भवनको औपचारिक उद्घाटन केही दिनभित्र गर्ने तयारी भइरहेको डीएसपी हमालले जानकारी दिए। भदौ २४ गतेको जेनजी आन्दोलनमा इटहरीस्थित प्रहरी कार्यालय जलेर नष्ट भएपछि तरहरा प्रहरी चौकीबाट अस्थायी रूपमा सेवा दिइँदै आएको थियो।
स्थायी भवन पुनर्निर्माणका लागि स्थानीय सरोकारवाला निकायको पहलमा वडास्तरमै सहयोग समिति गठन गरिएको थियो। इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा गठन भएको उक्त समितिमा वडा नं. ८ का वडाध्यक्ष रोहित चौधरी, वडा नं. १० का अध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा र नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जन सदस्यका रूपमा रहेका छन्।
नयाँ कार्यालय सञ्चालनमा आएपछि प्रहरी सेवामा सहजता आउने र स्थानीय सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post