इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले थालेको स्कुल आइडलको फाइनलमा २० जना छनोट भएका छन् ।
यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको सेमिफाइनलको छनोट चरण भएको हो । जसमा गायन र नृत्यमा छ–छ जना र साहित्यमा आठ जना छनोट भएको दिवा सत्रको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक युवराज काफ्लेले बताए । उनका अनुसार फाइनल प्रतिस्पर्धा मंसिर १२ गते विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरिनेछ ।
सेमिफाइनलको छनोट इटहरी वडा नं. १ का वडाध्यक्ष रतनकुमार कार्कीको प्रमुख आथित्यतामा भएको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा इटहरी वडा नं. १ का वडासदस्यहरु ज्ञानेन्द्र गौतम, हरिहर चौधरी र विष्णुमाया नेपालीको समेत सहभागतिा रहेको थियो । सो क्रममा आमा समूह, विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावकलगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार इटहरी क्षेत्रका सामूदायिक विद्यालयमध्ये पहिलो पटक यस्तो आइडल प्रतिस्पर्धा गरिएको हो ।
यसैबीच, विहानी सत्र कक्षा ११ र १२ का विद्यार्थीबिच शुक्रबार नै भएको जेनजी आन्दोलनको औचित्य र प्रभाव विषयक वकृत्वकला प्रतियोगितामा कक्षा ११ की छात्रा करुण खड्का प्रथम भइन् । यस्तै, कक्षा १२ की छात्रा इसिका गेलाल दोस्रो भइन् । सो क्रममा कक्षा ११ का प्रज्ञान जिमी तेस्रो र कक्षा १२ की छात्रा यूनिका सुवेदी चौथो भइन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post