• pradeshpoint
  • Pradeshpoint
Wednesday, December 17, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीका दुई स्थानबाट २९३ केजी गाँजा बरामद, दुई जना पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १ गते, ११:२१ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
सुनसरीका दुई स्थानबाट २९३ केजी गाँजा बरामद, दुई जना पक्राउ
10
SHARES
Share on FacebookShare on Twitter

 सुनसरी । सुनसरी जिल्लाका दुई फरक स्थानमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शनिबार रातिदेखि आइतबार बिहानसम्म गरिएको अपरेसनमार्फत करिब २९३ केजी गाँजा नियन्त्रणमा लिएको हो।
पहिलो घटना धरान उपमहानगरपालिका–१७ र २० को सिमाना नजिक चुम्पुले खोलाको जंगल क्षेत्रमा भएको हो। शनिबार राति ११:१० बजेतिर भरियाहरूको समूह गाँजा ओसारपसार गरिरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली सो स्थानमा पुगेको थियो। प्रहरी टोली देख्नेबित्तिकै करिब १०:११ जना भरियाहरू जंगलतर्फ फरार भएका थिए। उनीहरूले फालेका १० बोरामा २६८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखी फरार समूहको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ।
दोस्रो घटना इटहरी–१३ सोमबारेमा भएको हो। लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी खनारबाट संयुक्त टोली खटिएको थियो। गणेश पेट्रोल पम्प अगाडि शंकास्पद रूपमा बोरासहित उभिएका दुई जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट २५ केजी गाँजा बरामद भएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा इटहरी–१३ का २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार छन्। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले धनकुटा र सो आसपासका पहाडी क्षेत्रबाट भरियामार्फत गाँजा धरान हुँदै तराईका विभिन्न जिल्ला र भारतसम्म तस्करी हुँदै आएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ। यस क्रममा प्रहरीले सूचना संकलन, निगरानी तथा रात्री गस्ती अझ कडा बनाएको बताएको छ।
दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।

Tags: २९३ केजी गाँजादुई जना पक्राउदुई स्थानबाटबरामदसुनसरीका

Related Posts

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा
FEATURE

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २ गते, १३:२१ बजे प्रकाशित
0

 सुनसरी । इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा विवाद र कर्मचारी आत्महत्या प्रकरणले हलचल मच्चाएको छ। सहकारीका पूर्व...

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”
FEATURE

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
0

इनरुवा । अवैध लागुऔषध नियन्त्रणका नाममा प्रहरीलाई दिइने गोप्य सूचनामै षड्यन्त्र मिसिएको रहस्य मोरङमा खुलासा भएको छ। एकपछि अर्को गर्दै...

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

२०८२ पुस २ गते, १३:२१ बजे प्रकाशित
“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    719 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist