इनरुवा । डिसेम्बर १८ अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुनसरीको इनरुवामा विविध कार्यक्रम आयोजना गरिने भएको छ।
आज इनरुवा नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले दिवसको अवसरमा वैदेशिक रोजगारीका क्रममा देहावसान भएका श्रमिकका परिवारलाई देश र समाजका लागि पुर्याएको योगदानको कदरस्वरूप सम्मान गर्ने तथा दिवंगत श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन गर्ने निर्णय गरेको हो।
बैठकमा नगर उपप्रमुख बिनिता कुमारी मेहता, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख एवं सहसचिव सम्भु प्रसाद साह, प्रमुख जिल्ला अधिकारी सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका तर्फबाट प्रहरी नायब उपरीक्षक, शाखा अधिकृत प्रदीप गौतम, सुरक्षित आप्रवासन कार्यक्रम (सामी) कोशी एवं मधेस प्रदेश व्यवस्थापक कोपिला दाहाल, रेमी कार्यक्रम प्रमुख सपना थापा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम पुस ३ गते बिहीबार (डिसेम्बर १८) का दिन इनरुवा–इनार चोकमा अपराह्न ४ बजेदेखि सुरु हुने छ। कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३२ जना श्रमिकका परिवारलाई सम्मान गरिने सामी कार्यक्रम सुनसरी जिल्ला संयोजक धिरज भट्टराईले जानकारी दिएका छन्।










Discussion about this post