काठमाडौं — नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन्। एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो ३ बजे मतदान हुँदैछ।
ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउने अपिल गर्दै पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताका लागि ओली नेतृत्वको निरन्तरता आवश्यक रहेको बताए।
साथै, उनले यसपटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा आफू उम्मेदवार भएको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे।










Discussion about this post