• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
in FEATURE, समाचार
“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । अवैध लागुऔषध नियन्त्रणका नाममा प्रहरीलाई दिइने गोप्य सूचनामै षड्यन्त्र मिसिएको रहस्य मोरङमा खुलासा भएको छ। एकपछि अर्को गर्दै उस्तै प्रकृतिका सूचनाले प्रहरीलाई अल्मल्याउने मात्र होइन, व्यक्तिगत रिसइबी साँध्न निर्दोषलाई फसाउने प्रयास भएको अनुसन्धानबाट खुलेको हो।

गत मंसिर २७ गते प्रदेश–१–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा ब्राउनसुगर बोकेको सूचना प्रहरीसम्म पुग्यो। सूचनाका आधारमा गरिएको चेकजाँचमा मोटरसाइकलको दायाँपट्टीको इन्डिकेटरभित्र खैरो हिरोइन जस्तो देखिने १३.३१० ग्राम पदार्थ भेटियो। सवारी चालक मोरङ धनपालथान–२ का २९ वर्षीय राजीव चौधरी पक्राउ परे। तर, उनले भेटिएको पदार्थ आफ्नो नभएको दाबी गर्दै आए।

यस घटनाले प्रहरीलाई अघिल्लो एक प्रकरण सम्झायो। गत बैशाख २० गते पनि धनपालथान–२ कै ४५ वर्षीय चन्द्रशेखर मण्डल उस्तै सूचनाका आधारमा पक्राउ परेका थिए। उनको मोटरसाइकलको इन्डिकेटरमै ब्राउनसुगर राखिएको भनिएको थियो। तर, परीक्षण गर्दा बरामद गरिएको पदार्थ लागुऔषध नभएको पुष्टि भएपछि उनी छुटेका थिए।

दुवै घटनाको समानताले प्रहरीको शंका गहिरियो। अनुसन्धान गर्दै जाँदा चौधरी र मण्डल ज्वाँई–ससुरा रहेको खुलेपछि प्रहरी निष्कर्षमा पुग्यो—सूचना संयोग होइन, योजनाबद्ध षड्यन्त्र थियो।

अनुसन्धानले धनपालथान–७ का २२ वर्षीय विशालकुमार सिंहलाई योजनाको मुख्य सूत्रधारका रूपमा देखायो। सिंहको चन्द्रशेखर मण्डलसँग व्यक्तिगत रिसइबी रहेकाले उनले पहिला ससुरालाई र पछि ज्वाँईलाई फसाउने योजना बनाएको खुलेको हो।

मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालका अनुसार सिंहले विराटनगर–९ घोघापुलका राजा धोवी, धनपालथान–७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान–१ का २८ वर्षीय पारस मण्डलसँग मिलेर यस्तो षड्यन्त्र रचेका थिए। उनीहरुले ब्राउनसुगर भन्दै कुनै लिसाइलो वस्तु मोटरसाइकलको इन्डिकेटरमा राखी प्रहरीलाई झुटो सूचना दिएका थिए।

थप अनुसन्धानमा अझ चकित पार्ने तथ्य खुल्यो। प्रहरीलाई सूचना दिने यी व्यक्ति स्वयं लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको छ। आफ्ना गतिविधि ढाकछोप गर्न र प्रहरीको ध्यान अन्यत्र मोड्न झुटा सूचना दिने रणनीति उनीहरुले अपनाएको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार, यो घटना केवल झुटो सूचनाको विषय मात्र होइन, व्यक्तिगत बदला र अपराध लुकाउने दोहोरो खेलको उदाहरण बनेको छ।

Tags: पक्राउलागुऔषध

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist