सुनसरी । नेकपा (एमाले) कोशी प्रदेश कमिटीबाट ६ महिनाका लागि निलम्बनमा परेका इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले आफू माथिको कारबाही ‘दुराग्रह र गुटबन्दीको परिणाम’ भएको प्रतिक्रिया दिएका छन्। चौधरीका अनुसार उनले केपी शर्मा ओलीको कार्यशैलीबारे खुलेर आलोचना गर्दै आएका कारण महाधिवेशन नजिकिँदै गर्दा आफूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको हो ।
“सत्य कुरा तीतो हुन्छ, राम्रो सल्लाह दिए पनि गलत अर्थ्याइन्छ”, उनले भने। उनले कारबाही प्रक्रियालाई महाधिवेशनबाट वञ्चित गर्ने प्रयास रुपमा व्याख्या गर्दै अन्तिम निर्णय केन्द्रीय अनुशासन समितिले गर्ने भएकाले कारबाही फिर्ता हुने विश्वास व्यक्त गरे।
इटहरीका प्रा.डा. बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई समेत पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण मागिएको छ। त्यसैगरी झापाका मनोरथ तिवारी र ध्रुव शिवाकोटीलाई पनि विभिन्न कारणले पदमुक्त गरिएको पार्टीले जानकारी दिएको छ।










Discussion about this post