• pradeshpoint
  • Pradeshpoint
Sunday, March 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा धान कटानीको समयमा वर्षाले ठूलो क्षति, किसान आर्थिक संकटमा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १६ गते, १५:२२ बजे प्रकाशित
in FEATURE, समाचार
सुनसरीमा धान कटानीको समयमा वर्षाले ठूलो क्षति, किसान आर्थिक संकटमा
16
SHARES
Share on FacebookShare on Twitter

अविरल यादव/इनरुवा । कटनीको संवेदनशील समयमा परेको अविरल वर्षाले यस वर्ष सुनसरीका किसानलाई गम्भीर संकटमा पारेको छ। पाकेर तयार भएको धान कटानीकै बेला झरी परेपछि उत्पादन आधाभन्दा कम हुने अवस्था सिर्जना भएको किसानहरूको गुनासो छ।

सामान्य वर्षमा एक कट्ठाबाट ८० देखि २०० किलोसम्म धान उत्पादन हुने गरे पनि यो वर्ष पानी, बाढी र आकाशेपानीका कारण २५ देखि ४५ किलो मात्र धान उठेको किसानहरूले बताएका छन्। धान भिज्नु, कुहिनु, दाना अधपक्नु तथा बोट ढल्ने जस्ता समस्याले बालीमा व्यापक क्षति पुगेको छ।

भाेक्राहा नरसिंह गाउँपालिका ७ का स्थानीय किसान शंकर मेहताका अनुसार वर्षाले गरेको क्षति अत्यन्तै ठूलो छ। उनले भने, “काट्ने बेला पानी आयो, आधा धान उठेन। घरखर्च कसरी चलाउने भन्ने चिन्ता छ, बिउजोर्न पनि धान बाँकी छैन।” खेतीमा खर्चिएको लगानीसमेत नउठ्ने अवस्था बनेपछि किसान थप आर्थिक समस्यामा परेको उनले बताए।
उत्पादन घट्दा किसानले बजार मूल्यसमेत पाउन सकेका छैनन्। भिजेको धानका कारण थोक व्यापारीले उचित मूल्य दिन नमान्दा किसानमा निराशा बढेको छ। किसानहरू भन्छन्– “बाली नउठ्दा एकातिर घाटा, बचेको बेच्न नपाउँदा झनै मार।”
यता, किसानको पीडा चुलिइरहँदा कृषि ज्ञान केन्द्र सुनसरी मौन बसिरहेको स्थानीयवासीले आरोप लगाएका छन्। क्षतिको वास्तविक तथ्यांक संकलन, सर्वेक्षण तथा राहत योजनाबारे कार्यालयले अहिलेसम्म स्पष्ट प्रतिक्रिया नदिएको किसानहरूको गुनासो छ।

स्थानीय बासिन्दाहरू प्रश्न गर्छन्— “धान डुबेर नष्ट हुँदा पनि कार्यालय किन चुप छ ? राहत र सहयोग कहिल्यै आउँछ ?”
धान उत्पादनमा आएको गिरावट र किसानको आर्थिक संकटलाई कृषि कार्यालयले कत्तिको गम्भीरताका साथ हेरेको हो भन्ने प्रश्न उठिरहेका बेला किसानहरू छिटो राहत र क्षतिपूर्ति प्रक्रियाको प्रतीक्षामा छन्।

Tags: किसानधानवर्षाले ठूलो क्षति

Related Posts

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित
FEATURE

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
0

इनरुवा । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन्। उनले...

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि
FEATURE

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
0

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको चुनावी परिणामले पुराना राजनीतिक समीकरणलाई उल्ट्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार...

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist