इटहरी । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका–१, पश्चिम बस स्टेशन क्षेत्रबाट ठूलो परिमाणको ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले मंगलबार दिउँसो शंकास्पद गतिविधि देखिएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै चेकजाँच गरेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी–१८ का २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खानतलासी गर्दा मोहमद असलमको साथबाट १४१.४६० ग्राम ब्राउनसुगर फेला पारिएको हो। पक्राउ परेकाहरूलाई लागूपदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान अघि बढाइएको बताइएको छ।










Discussion about this post