प्रेस चौतारी नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजीले उठाएका मुद्दाप्रति एमाले सदैव सकारात्मक रहेको स्पष्ट पारे। उनले पार्टीले कुनै पनि उमेर समूहलाई बेवास्ता नगरी सबै तह–तप्काका नागरिकको प्रतिनिधित्व गर्दै आएको दाबी गरे।
पौडेलले भदौ २३ र २४ गतेको घटनालाई स्मरण गर्दै भने, “जेनजीले सामाजिक सञ्जालको स्वतन्त्र उपयोग मागे—यो उनीहरूको स्वतन्त्र अभिव्यक्तिसँग जोडिएको जायज माग हो। उनीहरूले नियमन होइन, स्वतन्त्र पहुँचको कुरा गरेका थिए, जसलाई एमालेले पूर्ण रूपमा समर्थन गर्छ।”
उनका अनुसार जेनजी पुस्ताको ‘हक, अधिकार र अभिव्यक्ति’ प्रति एमाले कहिल्यै प्रतिकूल थिएन र भविष्यमा पनि रहनेछैन। उनले अझै अघि भने, “जेनजी पुस्ताका वास्तविक हित र आकांक्षा बुझ्ने तथा सम्बोधन गर्ने पार्टी एमाले नै हो।”
कार्यक्रममा उनले नयाँ पुस्ताको भूमिकालाई आजको राजनीतिक परिवर्तनको केन्द्रबिन्दु भन्दै जेनजीसँग मिलेर अघि बढ्ने एमालेको प्रतिबद्धता दोहोर्याए।










Discussion about this post