विराटनगर । मोरङको विराटनगर–१७ मटेरुवामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ।
मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहले भारततर्फबाट आइरहेको को २४ प ७९८४ नम्बरको बाइक रोकेर चेकजाँच गर्दा विराटनगर–१८ का रवि शाहको साथबाट लुकाइ–छिपाइ राखिएको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद भएको हो।
शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।










Discussion about this post