इनरुवा । जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको बीमा भुक्तानीमा निर्जीवन बीमा कम्पनीहरूले तीव्रता दिएका छन्। ३ हजार ३०० दाबीमध्ये करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबीमा हालसम्म ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
सम्पत्ति बीमामा परेका ७१० दाबीमध्ये ३ अर्ब १२ करोड रुपैयाँ, मोटर बीमामा परेका २ हजार ३०८ दाबीमध्ये १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी भएको छ। इञ्जिनीयरिङ, परिवहन र अन्य बीमामा समेत आंशिक भुक्तानी गरिएको बीमा बोर्डले जनाएको छ।
यता, पुनर्बीमा पक्षमा पनि काम द्रुत गतिमा अघि बढेको छ। नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई२ अर्ब ५६ करोड रुपैयाँ अग्रिमसहित पुनर्बीमा भुक्तानी प्रदान गरिसकेको छ। पुनर्बीमा कम्पनीमा परेका २ हजार ८६१ दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।
बीमा क्षेत्रका अनुसार बाँकी दाबीहरूको भुक्तानी प्रक्रिया पनि छिटो टुंग्याइने छ।










Discussion about this post