सुनसरी । नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई बहुविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उजुरी दिने उनकी श्रीमतीका आधारमा रुपन्देही प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराई उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपाल आफैं सोमबार साँझ प्रहरी कार्यालय उपस्थित भएका थिए। “उहाँलाई पक्राउ गरी ३ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,” एसपी क्षेत्रीले बताए।
प्रहरीले बहुविवाहसम्बन्धी थप प्रमाण संकलन गरिरहेको छ भने नेपालकी दोसभ्नीको खोजी कार्य पनि जारी रहेको जनाएको छ।










Discussion about this post