सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची टुंग्याएको छ। तीन जना प्रभावशाली नेता अन्तिम सूचीमा समावेश भएका छन्—पूर्व प्रदेशसभा नेता तथा केन्द्रीय सदस्य राजीव कोइराला, नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गाना र कांग्रेसका पुराना नेता तथा पूर्व यातायात राज्यमन्त्री सिताराम मेहता पार्टीको कार्यविधिअनुसार क्षेत्रीय समितिबाट नाम सिफारिस गरी जिल्ला र त्यसपछि केन्द्रमा पठाइने प्रक्रिया हुन्छ।
यसपटक क्षेत्र नम्बर २ ले आफ्नो क्षेत्रीय सिफारिसमा तीन पुरुषको नाम पठाएको भए पनि ‘एक महिला उम्मेदवार अनिवार्य’ प्रावधानका कारण जिल्लास्तरमा सूची परिमार्जन हुनसक्ने पार्टी स्रोतले जनाएको छ।
प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस भएका राजीव कोइराला नेपाली कांग्रेस सुनसरीका चर्चित नाम हुन्। ३०३६ सालको विद्यार्थी आन्दोलनपछि सक्रिय राजनीतिक यात्रामा उत्रिएका कोइराला सुनसरीको चादबेला जन्मस्थल भएको बताइन्छ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनले सुनसरी–२ ९ख० बाट एमालेका रामप्रसाद मेहतालाई हराउँदै कोशी प्रदेशसभा सदस्य जस्तै, दलका नेता बन्न सफल भए।
जिल्ला राजनीतिमा उनको पकड साविकदेखि नै बलियो छ– उनी दुईपटक सुनसरी कांग्रेसका जिल्ला सभापति भइसकेका छन्।
हाल उनी पार्टी केन्द्रीय सदस्यका रूपमा नेतृत्व भूमिकामा छन्। २०७९ सालको निर्वाचनमा भने कोइराला पुनः रामप्रसाद मेहतासँगै प्रतिस्पर्धा गर्न पुगे र पराजित भए। यद्यपि, स्थानीय समीकरण र उनको संगठनात्मक मजबुत आधारका कारण यसपालिको प्रतिस्पर्धामा उनी पुनः ‘बलियो दाबेदार’का रूपमा अगाडि देखिएका छन्।
दोस्रो नम्बरमा सिफारिस भएका राजीव ढुङ्गाना नेपाली कांग्रेसभित्रको नयाँ पुस्ताको अगुवामा गनिन्छन्। २०४६ को जनआन्दोलनपछादेखि सक्रिय राजनीति सुरु गरेका ढुङ्गाना २०७६ सालमा नेपाल विद्यार्थी संघका अध्यक्ष बनेपछि राष्ट्रिय पहिचानमा दृढ रूपमा स्थापित भए।
भौगोलिक रूपमा इटहरी–४ का स्थायी बासिन्दा ५२ वर्षीय ढुङ्गाना अहिलेसम्म कुनै सरकारी पद वा लाभदायी जिम्मेवारीमा नपुगे पनि संगठन निर्माण, युवाहरुको परिचालन र पार्टीको भित्री संरचना मजबुत बनाउन भूमिका निर्वाह गर्दै आएका छन्। १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी नेतृत्वले उनलाई ‘उदीयमान नेतृत्व’को रूपमा हेर्दै आएको छ।
तपसिलका चुनावमा युवाले नेतृत्व पाउनुपर्ने बहस चलिरहँदा ढुङ्गानाको नाम क्षेत्र नम्बर २ मा ‘ताजा विकल्प’को रूपमा चर्चित बनेको छ।
सिफारिस सूचीको तेस्रो नाम सिताराम मेहता सुनसरी–२ का अनुभवी राजनीतिक पात्र हुन्। २०१२ सालमा इनरुवा–८ मा जन्मिएका मेहताले कांग्रेस प्रजातान्त्रिक कालदेखि नै संगठनमा सक्रियता देखाएका थिए।
२०३३ सालमा नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति बनेपछि उनले आफ्नो संगठनात्मक यात्रा मजबुत बनाउँदै अघि बढे। पार्टी फुटको समयमा उनी कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिसम्म पुगेका थिए।
चार पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका मेहता दुई पटक मात्र विजयी भए। २०७४ सालमा विजयी भएपछि उनी नेपाली कांग्रेसको कोटाबाट यातायात राज्यमन्त्री बनेका थिए।
तर, २०७९ सालमा नेकपा एमालेका भीम आचार्यसँग पराजित भएपछि केही समय सार्वजनिक राजनीतिक गतिविधिमा सक्रियता देखिएको थिएन।
तर, यसपटक पुनः सिफारिसमा परेसँगै उनी पुरानै ‘विश्वस्त मतदाता आधार’ र ‘अनुभव’का साथ प्रतिस्पर्धामा फर्किएका छन्।
सुनसरी–२ परम्परागत रूपमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने क्षेत्र मानिन्छ। २०७४ मा काँग्रेस विजयी भए पनि २०७९ मा एमालेले उल्टो परिणाम बनायो। यसपटक पनि क्षेत्रीय समीकरण निकै रोचक छ—
क्षेत्रीय समितिबाट प्राप्त सिफारिस जिल्ला र प्रदेशमा छलफलपछि केन्द्रमा पुग्नेछ। महिला उम्मेदवार अनिवार्य प्रावधानका कारण सूची थप परिमार्जन हुने सम्भावना छ।
यद्यपि, अहिलेसम्मका चर्चित नाम यही तीनै हुन्, र काँग्रेसले सुनसरी–२ मा कुन अनुहारलाई टिकट दिने हो भन्ने विषय हेर्न राजनीतिक रूपले देशभरको ध्यान यस क्षेत्रतर्फ मोडिएको छ।










Discussion about this post