सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत रहनु भएका उपाध्याय उपचारकै क्रममा संसारबाट बिदा हुनुभएको हो।
केही वर्षयता सक्रिय राजनीतिबाट अलग रहँदै आउनु भएका उपाध्यायको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएपछि नियमित उपचार र हेरचाह भइरहेको थियो। विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय नेपाली कांग्रेसभित्र अनुभवी, निष्ठावान् र सम्मानित नेताका रूपमा परिचित हुनुहुन्थ्यो।
राजनीतिक जीवनका विभिन्न चरणमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उहाँले पार्टी संगठन सुदृढीकरण तथा देशको राजनीतिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। उहाँको निधनको खबरसँगै नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै उहाँको योगदानको उच्च सम्मानसहित स्मरण गरेका छन्।
उपाध्यायको अवसानले नेपाली कांग्रेस मात्र होइन, समग्र राजनीतिक क्षेत्रले पनि एक अनुभवी र समर्पित व्यक्तित्व गुमाएको महसुस गरेको छ।










Discussion about this post