सुनसरी । इटहरी–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था कर्मचारी आत्महत्या प्रकरणले पहिल्यै विवादमा थियो। त्यसमाथि पत्रकार सम्मेलनपछि पत्रकारलाई खाममा पैसा बाँडिएको घटनाले थप प्रश्न खडा गरेको छ।
सहकारीबाट कारबाहीमा परेका तीन जनाले अनियमितताको भण्डाफोर गरेपछि अध्यक्ष यादव ढकालको निर्देशनमा प्रतिवादस्वरूप पत्रकार सम्मेलन आयोजना गरियो। तर सम्मेलनपछि जनही एक हजार रुपैयाँका दरले खाम बाँडिएपछि केही पत्रकारले आपत्ति जनाए।

सहकारीले यसलाई ‘बाटो खर्च’ भनेको छ। तर पत्रकार आचारसंहिताविपरीत प्रलोभन देखाएर समाचार प्रभावित पार्न खोजिएको आशंका गरिएको छ।
कर्मचारी प्रेम मिश्रको आत्महत्या, त्यसपछिको मिलापत्रको चर्चा र कारबाहीको श्रृंखलाबीच आएको ‘खाम प्रकरण’ले कामधेनु सहकारीको नियतमाथि गम्भीर प्रश्न उब्जाएको छ।










Discussion about this post