इनरुवा । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको नगर आधारभूत अस्पताल उद्घाटन भएको छ। मेयर वेदनारायण गच्छदारले अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।
नगरका नागरिकले अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा स्वास्थ्य सेवा सहजै पाउने गरी अस्पताल स्थापना गरिएको मेयर गच्छदारले बताए। उपमेयर मेनुका पोखरेल खतिवडाले पनि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सञ्चालनमा आएको उल्लेख गरिन्।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेले नगरभित्रै उच्चस्तरीय स्वास्थ्य सेवा पुग्नुपर्ने भन्दै नगरपालिकाको प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताए।
अस्पतालमा इमर्जेन्सी, ओपीडी, प्रसूति, मातृशिशु तथा परिवार नियोजन, भिडियो र डिजिटल एक्स–रे, प्रयोगशाला, रेबिज खोप, ईसीजी, आँखा तथा कान उपचार जस्ता सेवा उपलब्ध हुने जनाइएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, दुहवीका सबै वडा अध्यक्ष र विभिन्न पदाधिकारीहरू उपस्थित थिए।










Discussion about this post