• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरी शैक्षिक बहसको केन्द्र बन्दै, जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस १ गते, ११:४३ बजे प्रकाशित
in FEATURE, समाचार
इटहरी शैक्षिक बहसको केन्द्र बन्दै, जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन
10
SHARES
Share on FacebookShare on Twitter

इटहरीको शैक्षिक पहिचानलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित जनता बहुमुखी क्याम्पसले यही पुस ५ र ६ गते अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । सामूदायिक स्तरबाट सञ्चालित क्याम्पसमा हुन लागेको यो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायान (QAA) प्राप्त गर्न सफल जनता क्याम्पसले स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटीई तथा स्नातकोत्तर तहमा एमएड र एमबिएस सञ्चालन गर्दै आएको छ । यसका साथै कक्षा ११ र १२ को शैक्षिक कार्यक्रम पनि निरन्तर सञ्चालनमा छन् ।

कोशी र मधेश प्रदेशका पाँच हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको क्याम्पसले यस सम्मेलनमार्फत शिक्षामा देखिएका समसामयिक चुनौती, नवीन अनुसन्धान पद्धति र अन्तरविषय संवादलाई अघि बढाउने लक्ष्य लिएको छ ।

किन आवश्यक भयो अन्तर्राष्ट्रिय सम्मेलन ?

क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीका अनुसार शिक्षण–अध्ययनका शैली समयसँगै परिवर्तन भइरहेका छन् । “विश्वका नामुद शैक्षिक विज्ञसँग प्रत्यक्ष संवाद, अनुसन्धान अनुभव आदान–प्रदान र भविष्यको शिक्षा कुन दिशामा जानुपर्छ भन्ने विषयमा बहस गर्न सम्मेलन अपरिहार्य भयो,” उनी भन्छन् ।

मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान संकाय समेटिएको क्याम्पस भएकाले अन्तरविषय छलफल र सहकार्यलाई संस्थागत गर्न सम्मेलन महत्वपूर्ण हुने उनको बुझाइ छ ।

अन्तर्राष्ट्रिय सहकार्यबाट जन्मिएको सोच

भारतका बाबा मस्तनाथ विश्वविद्यालय (हरियाणा) र श्री जे.जे.टी विश्वविद्यालय (राजस्थान)सँग भएको शैक्षिक सम्झौताले क्याम्पसलाई अन्तर्राष्ट्रिय अभ्यास बुझ्ने अवसर दिएको अध्यक्ष केसी बताउँछन् । “विद्यार्थीको रिसर्चदेखि प्राध्यापकको एमफिल र पिएचडीसम्म सहकार्यको ढोका खुलेपछि अन्तर्राष्ट्रिय सम्मेलनले अझ ठूलो उपलब्धि दिने ठानेका हौं,” उनले भने ।

पाँच देशका विज्ञको सहभागिता

सम्मेलनमा अमेरिका, थाइल्याण्ड, बंगलादेश, भारत र नेपालका शैक्षिक विज्ञहरूको सहभागिता रहनेछ । अमेरिकाबाट रोर्जर नामका विज्ञको आगमन तय भइसकेको छ भने नेपालका चर्चित शिक्षा क्षेत्रका विज्ञहरू पनि सहभागी हुनेछन् ।

तयारी र खर्च व्यवस्थापन

खानपान, बसोबास, स्वागत, कार्यक्रम तालिका, प्रचारप्रसारदेखि आर्थिक व्यवस्थापनसम्म सबै उपसमितिले आफ्नो जिम्मेवारी पूरा गरिसकेको क्याम्पसले जनाएको छ । सम्मेलन सफल बनाउन झण्डै ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ भने सुनसरीका अन्य स्थानीय तह, वडाहरू र दाताबाट पनि सहयोग प्राप्त भइरहेको छ । सहभागीबाट प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लिने निर्णय गरिएको छ ।

इटहरीलाई ‘शिक्षाको हब’ बनाउने लक्ष्य

२०४५ सालमा स्थापना भएको जनता क्याम्पसलाई इटहरीको उच्च शिक्षाको अभिभावक संस्थाका रूपमा लिइन्छ । सम्मेलनले इटहरीलाई ‘शिक्षाको हब’का रूपमा चिनाउन टेवा पुग्ने विश्वास क्याम्पस प्रशासनको छ ।

भावी योजना

अध्यक्ष केसीले आफ्नो कार्यकालमा छात्राबास निर्माण, कम्पाउण्डवाल, ई–लाइब्रेरी, सभाहल निर्माण र नयाँ विषय (बिबिए, बिएचएम) थप्ने योजना अघि बढाइएको जानकारी दिए । “सस्तो, शुलभ र गुणस्तरीय शिक्षा नै हाम्रो मूल लक्ष्य हो,” उनले भने ।

समुदायलाई अपिल

“यो सम्मेलन केवल क्याम्पसको मात्र होइन, समग्र इटहरीकै गौरवको कार्यक्रम हो,” भन्दै अध्यक्ष केसीले सम्मेलनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण समुदाय, सरोकारवाला र शैक्षिक व्यक्तित्वहरूलाई सहयोगका लागि अपिल गरेका छन् ।

Tags: केन्द्रजनता बहुमुखी क्याम्पस

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist