सुनसरी । बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेंद्र थापा मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। प्रहरीले जनाएको अनुसार, मगरले विराट टिचिङ अस्पतालका सुरक्षा गार्डसँग हातपात गरेपछि उनीमाथि नियन्त्रण गर्न खटिएका प्रहरीमाथि समेत हातपात गरेका थिए। यस घटनापछि इलाका प्रहरी कार्यालय नेमुवाले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपिला चुँडालले बताएअनुसार, उक्त समयमा नगर इन्चार्ज मगरले मादक पदार्थ सेवन गरेका थिए। संवेदनशील क्षेत्रको सुरक्षा नियम उल्लंघन गर्दै हातपातमा संलग्न भएका कारण उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थपसहित नियन्त्रणमा राखिएको छ।
बुढीगंगा गाउँपालिकाका सूचना अधिकारी विभुषण न्यौपानेले नगर इन्चार्ज मगर बुधबारदेखि विदामा रहेको र प्रहरीले पक्राउ गरेको विषयबारे जानकारी नभएको बताए। नगर इन्चार्ज मगर गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरसँग नाताका सम्बन्धमा पनि रहेका छन्।










Discussion about this post