इनरुवा । बङलादेशमा हालै देखिएका घटनाप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। पञ्चमुखी हनुमान मन्दिर परिसरमा भेला भएका युवाहरूले बङलादेशमा हिन्दू समुदायमाथि भइरहेको भनिएको अन्याय र हिंसाको विरोधमा आवाज उठाएका हुन्।
प्रदर्शनकारीहरूले न्यायको माग गर्दै विभिन्न नारासहितका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए। त्यसपछि उनीहरूले पुनः पञ्चमुखी हनुमान मन्दिर अगाडि भेला भई कोणसभामार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए।
विश्व हिन्दू परिषद् युवा विभाग नेपालसँग आबद्ध युवाहरूले बङलादेशमा हिन्दू समुदायको सुरक्षा अवस्था दिनानुदिन जटिल बन्दै गएको दाबी गर्दै मानवअधिकारको सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण आवश्यक रहेको बताएका छन्।

उनीहरूले यस्ता घटनाहरू तत्काल रोक्न कूटनीतिक पहलमार्फत दबाब सिर्जना गर्न सरोकारवाला पक्षहरूलाई आग्रहसमेत गरेका छन्।










Discussion about this post