विराटनगर — मोरङको रंगेली नगरपालिका–२ जलियामा ३५ वर्षीया मोरङमई मुर्मु आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्। आइतबार दिउँसो करिब साढे १२ बजे घटना बारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी बबिया बिर्ताबाट खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक सुरक्षा घेरा कायम गरेको थियो।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाएको छ। घटनापछि मृतकका श्रीमान् साईना मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे सूक्ष्म अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post