इनरुवा । सर्लाहीको मलङ्गवा नगरपालिका आइतबार राति एक जना इन्जिनियरको गोली हानी हत्या भएको छ। मृतक ३६ वर्षीय प्रमोदकुमार यादव हुन्, जो पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत थिए। यादवको मूल ठेगाना सिरहाको सुखिपुर नगरपालिका–६ बैशाखा हो।
सूचना अनुसार, आइतबार साँझ करिब ८ बजेतिर यादवलाई मलङ्गवा नगरपालिका–१० देबीटोलस्थित आफ्नै डेरा बाहिर बोलाएर गोली हानी हत्या गरिएको हो। छातीमा गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रारम्भिक जानकारीमा बताएका छन् कि यादवलाई फोन गरेर डेरा बाहिर बोलाइ हत्या गरिएको भन्ने सूचना प्राप्त भएको हो।
घटनापछि मलङ्गवाको चारैतिर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। साथै, नेपाल–भारत सीमा क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ र हत्याराको खोजी तीव्र पारिएको छ।










Discussion about this post