सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ। इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा देखिएको उल्लेख्य जनसहभागितापछि पार्टी नेतृत्व उत्साहित बनेको हो।
सभामा सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहले भ्रष्टाचार नियन्त्रण, सुशासन र नयाँ राजनीतिक संस्कार स्थापना गर्ने प्रतिबद्धता दोहोर्याए। लामिछानेले सहकारी पीडितको रकम फिर्ता र विगतका काण्डहरूको छानबिन प्राथमिकतामा रहने बताए भने शाहले युवाको अपेक्षा सम्बोधन गर्ने शक्ति रास्वपा नै भएको दाबी गरे।
पार्टीका कोशी प्रदेश महामन्त्री तथा उम्मेदवार लालविक्रम थापाका अनुसार जनताको उत्साहले १९ सिट जित्ने आत्मविश्वास बढाएको छ। २०७९ को निर्वाचनमा जित हात नपरे पनि, संगठन विस्तार र सक्रियताले यसपटक परिणाम फरक हुने विश्वास पार्टीको छ।










Discussion about this post