काठमाडौँ । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या लोकसेवा आयोगकै प्रतिस्पर्धाबाट प्रेरित भएर गरिएको खुलेको छ। प्रहरी अनुसन्धान अनुसार घटनाका मुख्य योजनाकार गणेश महतो रहेका छन्, जो मृतक यादवसँगै को परीक्षामा प्रतिस्पर्धी थिए।
गत फागुन ३ गते साँझ गोली प्रहारबाट हत्या भएका यादव –१० मा डेरा गरेर बस्दै आएका थिए। प्रहरीका अनुसार महतोले वैकल्पिक सूचीमा आफू पहिलो नम्बरमा रहेकाले यादवको हत्या गरेर उनको सिट हात पार्ने योजना बनाएका थिए।
का प्रहरी उपरीक्षक का अनुसार अनुसन्धानले हत्या योजनाबद्ध भएको पुष्टि गरेको छ। “आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन्। उनकै योजनामा सब–इन्जिनियरको हत्या भएको देखिन्छ,” उनले बताए।
प्रहरीले घटनामा संलग्न आरोपमा गणेश महतोसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमाबाट पक्राउ परेका हुन्।
पक्राउ परेकामाथि अदालतबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










Discussion about this post