इनरुवा । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकै आज बिहान भित्री सडकमा शंकास्पद वस्तु फेला परेको छ। स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रममा ढाकिएको र ‘बम’ लेखिएको वस्तु देखेपछि तुरुन्त प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीले घटनास्थल घेरेर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले उक्त वस्तु शंकास्पद रहेको पुष्टि गरेका छन्। नेपाली सेनाको बम डिस्पोजल टोलीलाई सुरक्षित रूपमा निष्क्रिय पार्न घटनास्थलमा पठाइएको छ।
सुरक्षा कारणले प्रहरीले आसपासको क्षेत्र खाली गराएको छ र सर्वसाधारणलाई त्यहाँ नजान आग्रह गरेको छ। यस वस्तु साँच्चिकै बम हो कि केवल भ्रम सिर्जना गर्न राखिएको हो भन्ने विषयमा सेनाको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ।










Discussion about this post