विराटनगर । विराटनगरको मुलानपथस्थित पन्जाबी पेट्रोल पम्प नजिकै, केसिचर भबरलाल सोरुमले फेरि एकपटक वार्षिक टिभिएस स्मार्ट एक्सचेन्ज मेला आयोजना गरेको छ। सोरुमका मार्केटिङ म्यानेजर सन्तोष साहका अनुसार, यो मेला चैत ८ गतेदेखि १३ गतेसम्म चल्नेछ।
मेलामा बाइक खरिद गर्ने ग्राहकलाई आकर्षक सुविधा दिइएको छ। नगद खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट पाइनेछ भने एक्सचेन्ज (भाउलुर एडिसन) गर्ने ग्राहकलाई ८ हजार रुपैयाँसम्म अतिरिक्त सुविधा उपलब्ध हुनेछ। खरिद गरिएका बाइकमा इन्जिन र मेसिन दुवैमा फुल वारेन्टीको व्यवस्था गरिएको छ।
साहले बताए अनुसार, मेलामा नागरिकताको आधारमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ। पहिलो दिनमै १५ वटा बाइक बिक्री भइसकेको छ भने २३ वटा बाइक बुकिङ गरिएको जानकारी पनि दिइएको छ।
इलेक्ट्रिक (इभी) बाइकमा पनि विशेष अफर राखिएको छ। स्कुटरको मूल्य २,७९,९०० रुपैयाँदेखि ३,३२,९०० रुपैयाँसम्म छ भने मोटरसाइकलको मूल्य २,२९,९०० रुपैयाँदेखि ६,९९,९०० रुपैयाँसम्म रहेको छ। साथै, बाइक खरिद गर्ने हरेक ग्राहकलाई फुल एक्सेसरी सामग्रीहरू समेत प्रदान गरिने छ।












Discussion about this post