• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरीमा ‘स्ववियु कप २०८२’ सुरू

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र ९ गते, २०:५१ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
इटहरीमा ‘स्ववियु कप २०८२’ सुरू
11
SHARES
Share on FacebookShare on Twitter

इटहरी । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न उद्धेश्यले इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा सोमबारदेखि ‘स्ववियु कप २०८२’ सुरु भएको छ । स्ववियू र क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको संयुक्त आयोजनामा सुरु भएको सप्ताहव्यापी खेलकुद कार्यक्रमको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले उद्घाटन गरे ।
खेलकुद सप्ताह उद्घाटनको क्रममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक र स्ववियू प्रतिनिधीबिच तीन किलोमिटर मैत्रीपूर्ण दौड भएको छ । जनता बहुमुखी क्याम्पसबाट इटहरीबाट सुरु भएको दौड हलगडा हुँदै पुनः क्याम्पसमा पुगेर टुंगिएको हो । चैत १५ गतेसम्म चल्ने खेलकुद सप्ताह अन्तर्गत अन्तर क्याम्पस फुटबलसँगै क्याम्पसका विद्यार्थीबिच भलिवल, कवडी, डोरी तान्न, छेलो, लङ्ग जम्प, बुद्दिचाल र १०० मिटर दौडको खेल गतिविधिी सञ्चालन गरिने स्ववियू सभापति सहदेव काफ्लेले बताए ।
उद्घाटन सत्रमा प्रमुख अतिथि मन्त्री सुनुवारले क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । उनले प्रदेश सरकार क्याम्पसको साथमा रहेको पनि स्पष्ट पारे । क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले जनता बहुमुखी क्याम्पसले न्यून शुल्कमा निजी कलेज सरह गुणस्तरीय शिक्षा र सुविधा प्रदान गर्दै आएको उल्लेख गरे । उनले यसका लागि क्याम्पस सञ्चालक समिति निरन्तर सक्रिय रहेको बताए ।
खेलकुद सप्ताहका लागि क्याम्पसमा कार्यरत प्राध्यापकहरुको नेतृत्वमा अनुगमन समिति समेत बनाइएको छ । जसमा जेएमसि रनमा अर्जुन उप्रेती, अन्तर क्याम्पस फुटबलमा मन्दिप भट्टराई, भलिवलमा डाक्टर टोलनाथ काफ्ले, कवडीमा टीकादेवी पौडेल, डोरी तान्नमा यूवराज सिटौला, छेलोमा कमलराज दाहाल, लङ्गजम्पमा पुरुपोत्तम दाहाल, बुद्धिचालमा निलम चौलागाई र दौडमा बिमल नेपाल तोकिएको जानकारी दिइयो । समग्र अनुगमन गर्न क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारी रहेको जनाइएको छ ।

खेलका लागि सहजर्ताको रुपमा प्राध्यापक मोहन नेपाल र पिताम्बर ढकाललाई जेएमसि रन, बद्रीप्रसाद ढुंगेल र सुमन काफ्लेलाई अन्तर क्याम्पस फुटबलको जिम्मेवारी तोकिएको छ । यस्तै, मदनराज बराल र बिरेन्द्र कार्कीलाई भलिवल, पद्मादेवी पन्धाक र सिर्जना खतिवडालाई कवडीको जिम्मेवारी तोकिएएको छ । खेलका लागि श्याम सुब्बा र जीवन भट्टराईलाई डोरी तान्न, छेलोका लागि सुमन निरौला, लङ्ग जम्पका लागि युवराज सुवेदी तथा देवराज नगरकोटीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ । यस्तै, बुद्दिचाल प्रतियोगिताका लागि शान्तिराम दाहाल र १०० मिटर दौडका लागि रामचन्द्र भट्टराई र निर्मला काप्mलेलाई जिम्मेवारी तोकिएको छ ।
उद्घाटन समारोहमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी युनियनका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम स्ववियू सभापति सहदेव काफ्लेको सभापतित्वमा भएको थियो ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सहायक क्याम्पस प्रमुख सञ्जिव यादवले बताए ।

Tags: ‘स्ववियु कप २०८२’इटहरीमासुरू

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist