इनरुवा । विराटनगरमा एक महिलाको शव फेला परेको घटनाले नयाँ मोड लिएको छ। महानगरपालिका–१७ मा कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा भेटिएकी महिला विराटनगर–१५ की कोमलकुमारी साह रहेको पुष्टि भएको छ।
हराएको भन्दै उजुरी दिएका उनका श्रीमान् रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक रूपमा घरायसी विवादपछि हत्या गरी शव लुकाइएको आशंका गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post