काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हालैको निर्वाचनमा जितको लागि बधाई दिएका छन्। टेलिफोन वार्तामा दूत गोरले नेपाल–अमेरिका सम्बन्ध र भावी सहकार्यका विषयमा छलफल गर्दै दुई देशबीचको मित्रता र आर्थिक साझेदारी सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post