काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसैबीच रास्वपाले नयाँ मन्त्रिपरिषदका लागि मन्त्रीहरूको नाम पनि टुंगो लगाएको बताइएको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, गृहमन्त्रीमा सुदन गुरुङ, कानुनमन्त्रीमा सोबिता गौतम र उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंहको नाम निश्चित गरिएको छ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा सुनिल लम्साल, ऊर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी र पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम पनि तय भएको बताइएको छ।
त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउने विषयमा प्रधानमन्त्री नियुक्त शाह र पार्टी सभापति रवि लामिछानेबीच सहमति भएको स्रोतको दाबी छ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेपछि बालेन्द्र शाहले आजै १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।










Discussion about this post