इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताकाे सरूवा भएपछि उनको ठाउँमा सुवर्ण घिमिरेले जिम्मेवारी सम्हालेका छन् ।
गाउँपालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत मेहताकाे सरूवा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नं.१ मा भएपछि साेही ठाउँ कार्यरत रहेका घिमिरेको सरूवा भाेक्राहा नरसिंह गाउँपालिकामा भएकाले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
आज बुधबार गाउँपालिकाले आयाेजना गरेको स्वागत कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले निजामती कर्मचारीको रुपमा रही यस गाउँपालिकामा सेवा प्रदान गर्नमा कर्मचारीहरुको टिम क्याप्टेनको रुपमा आफु रहेर हरेक विकास निर्माण लगायत नीति निर्माणको कार्यमा सफलता हाँसिल गर्न सम्पूर्ण गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिको समुहको कार्यगत एकताले विकासको कार्य गर्न सकिने बताए ।
कसैको भनसुन, व्यक्तिगत पूर्वाग्रह भन्दा पनि नीति पद्धतिले विकासका कार्य गर्न सफल रहन आफु प्रतिवद्घ रहने उनले बताए ।
स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नव अगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाको तर्फबाट गर्न सकिने कानुनी तथा नीतिगत साथ र सहयोग रहने प्रतिबद्धताका साथमा कार्यकाल सफलताको कामना गर्दै कार्यक्रम समापन गरेको थियो ।
उक्त स्वागत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता उराव, सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सम्पुर्ण कर्मचारी, बुद्धिजीवी तथा अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...











Discussion about this post