रबिन्द्र यादव / नवलपरासी पश्चिम
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी पश्चिम क्षेत्र नं १ (ख) मा नेता देवेन्द्रराज कँडेल र अरबपति विनोद चौधरीले देवकरण कलवारलाई संयन्त्र पूर्वक नेपाली कांग्रेसबाट उम्मेदवार बनाएको नवलपरासी पश्चिम जिल्ला नेकपा माओवादी केन्द्रले आइतबार प्रतापपुर गाउँपालिका – ९ बेलाटारी स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि जनाइएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्र कि केन्द्रीय सदस्य सीता बौडेले पत्रकारहरुको प्रश्नमा २४ घण्टा भित्र समस्या हल नभए नेकपा माओवादी केन्द जिल्ला कमिटीले अन्य कुनै दलको समर्थन गर्न सक्ने बाध्यरुपी निर्णय लिने चेतावनी दिइन ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा एकिकृत समाजवादी,लोसपा र राष्ट्रिय जनमोर्चा सहितका दलहरुले राष्ट्रव्यापी गठबन्धन गर्ने निर्णय गरेको छ तर नवलपरासी पश्चिम जिल्लामा समेत गठबन्धनबाट उम्मेदवारहरुको नामावली सहित निर्णय भएकोमा क्षेत्र नं १ (ख) मा गठबन्धनको निर्णय अनुसार नेकपा माओवादी केन्द्राको भागमा परे पनि त्यहाँ नेपाली कांग्रेसले समेत आफ्नो उम्मेदवारी दिएको छ। नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवलाई उम्मेदवार बनाई अगाडी बढ्ने निर्णय गरेको अबस्थामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र बिनोद चौधरी सहितका केहि नेताले संयन्त्रपूर्वक नेपाली कांग्रेसबाट नै देवकरण कलवार (सन्तु) लाई सोही निर्वाचन क्षेत्र नं. १(ख) को प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका भन्दै गठबन्धनका मर्म र भावना विपरित व्यवहार भएको जिल्ला नवलपरासी पश्चिम नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन र प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।
गत २०७९ कार्तिक ११ गते केन्द्रको बैठकको निर्णय र कार्तिक १३ नवलपरासी पश्चिम जिल्ला स्तरको गठबन्धन दलको बैठकको निर्णय समेत नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवार (सन्तु) पालना नगरेको आरोप लगाइएको हो ।
निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरी र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्रराज कंडेलले गठबन्धन दलहरूको निर्णय कार्यान्वयनमा उदासिन भूमिका निर्वाह गरेको तथा निर्वाचन कार्यालय एवम प्रचार प्रसार कार्यक्रममा गठबन्धन दलहरुलाई सहभागी नगराई एकलौटी रुपमा अगाडी बढिरहेको प्रति गम्भिर असहमति सहित आरोप लगाएका छन्
नेकपा माओवादी केन्द्रले नवलपरासी पश्चिम क्षेत्र नं १ (क) मा गठबन्धनका अधिकारिक उम्मेदवार विश्वप्रेम पाठक र क्षेत्र नं १(ख) का गठबन्धनका नेकपा माओवादी केन्द्रबाट अधिकारिक उम्मेदवार रामानन्द यादवलाई मतदान गर्न सम्पुर्ण मतदातालाई अपील समेत गरिएको हो ।
यस्तै गठवन्धनका विपरित कृयाकलाप गर्ने गठबन्धन दलका नेतृत्वहरुलाई २४ घण्टा भित्र समस्या हल गर्न अल्टिमेट समेत दिइएको छ। समस्या समाधान नभए प्रतिनिधिसभा तथा प्रदेश सभाको उम्मेदवारहरुको सन्दर्भमा जुनसुकै अप्रिय निर्णय गर्न पार्टी वाध्य हुने उक्त सम्मेलन र प्रेस विज्ञप्तिवाट जानकारी गराइएको छ।
जिल्लाको क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रको मत नै निर्णायक हुने राजनितीक जानकारहरुले बताउछन ।
Discussion about this post