इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा श्रृजनामा इनरुवाको ९ औँ श्रृखला समपन्न भएको छ ।
इनरुवाको साहित्यकारहरुको रचना सुन्ने र सुनाउने थलोको रुपमा स्थापित श्रृजनामा इनरुवाको ९ औँ श्रृखला जिल्ला सदरमुकाम इनरुवामा समपन्न भएको हो ।
श्रृजनामा इनरुवाको ९ औँ श्रृखलामा साहित्यकार डम्बरु बल्ल भण्डारी, रविन्द्रमुनी कोइराला, लिलानाथ सिल्वाल, टिका मिलन, डा। दिवाकर रेग्मी, पुरुषेतम घिमिरे, जयकृष्ण यादव, भवानी पोखरेल, विमला पोखरेल, तारा खत्री , जिवथाथ नेपाल , शशी प्रसाद बजगाई, राधा सुवेदी, लिला आपागाँइ, प्रकाश अनुराग, जेनिश देव, चन्दन गुप्ता, लिलानाथ कोइराला लगायतका ३७ जना भन्दा बढी साहित्यकारहरुले आफ्नो रचना बाचन गरेका थिए ।
साहित्यकारहरुले आफ्नो रचनामा देशको वर्तमान आवस्था सहित माया प्रीति सहित सम्मको चित्रण गरेको थियो ।
कार्यक्रममा प्रमुख अथिती झोराहाट मोरगंका भरत गुरागाँई ९बरबरीक०ले साहित्यमा युवा पुस्ताको आर्कशन गराउन जरुरी रहेको बताए ।
गुरागाँइले साहित्य क्षेत्रमा साहित्य देखी काला साँस्कृती सम्म पर्ने भएकाले यसमा युवाको प्रदेश जरुरी रहेको बताउदैँ पुरानो साहित्यकारहरुले आफ्नो रचनाहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।
Discussion about this post