वीरगंज । पर्साका स्थानीय तहहरुमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुको सेटिङमा संघसंस्था माफिया आमोदप्रसाद केवटले लुट मच्चाएका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकी वडाटोल निवासी आमोदप्रसाद केवटले हालै निर्वाचित जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुलाई अग्रिम ४० देखि ६० प्रतिशत कमिसन बुझाउने शर्तमा टोकन मनी भनेर पैसा बाँड्दै कार्यक्रम लिने र काम नै नगरी बिल भरपाई मिलाई पहँुच तथा कमिसनको भरमा पैसा निकासा गराई आतंक मच्चाएका छन् । साथै केवटबाट बर्षेनी लाखौैं लाख बराबरको राजस्व अपचलन भएको छ ।
केवटले एक्लै बिभिन्न व्यक्तिहरुको नक्कली कागजातको अधारमा एक दर्जनभन्दा बढी समाजिक संस्था दर्ता गरी कमिसनको भरमा सम्पूर्ण तालिम, सप्लाई तथा गोष्ठी र जनचेतनामूलक कार्यक्रमहरु ठेक्कामा लिई भ्रष्टाचार गर्ने गरेका छन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुख,वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकीय अधिकृत सरहको कर्मचारीहरुको घरघरमा मदिरा तथा मासु पु¥याई कार्यक्रम हात पारेका एनजीओ तथा संघसंस्था माफिया केवटले आफूलाई तिसमार खान बन्न खोजेको केही पालिकाका कर्मचारीले जानकारी दिएका छन् ।
भ्रष्टाचारमा लिप्त रहेका स्थानीयतहका कर्मचारीहरुले कागजात भेरीफाई नगरी धमाधम भुक्तानी पनि दिइरहेका छन् ।
चालु आ.व. का ९ महिनामा पर्साका अधिकांश स्थानीय तहहरुबाट केवटले करोडौँ करोडौँ बराबरको जनचेतनामूलक कार्यक्रम, सीपमुलक तालिम, सप्लायर्स सम्बन्धी कार्य तथा निर्माण सम्बन्धी कार्यको ठेक्का लिई कामै नगरी बिल भरपाई मिलाई भुक्तानी लिइरहेका छन् ।
कार्यक्रम प्रभावकारी हुनुपर्छ तर जिल्लाका अधिकांश पालिकाहरुमा केवटले कमिसन बुझाएर आफ्नो डिजाइनमा तालिम, सप्लायर्सको कार्य तथा गोष्ठी र जनचेतनामूलक कार्यक्रमहरु हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिका आसेपासेहरुलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढंगबाट भुक्तानी लिने गरेका छन् । उनले कागजमा मात्रै काम गरी पालिकाको लगानी वालुवामा पानी गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा खुल्नेछ ।
केवटले अहिले पैसाको बलमा अधिकांश गाउँपालिका र नगरपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रभावमा पारी कर्मचारीहरु भर्ना गराई दिन्छु भन्दै रकम असुल गरिरहेको आरोप छ ।
भ्रष्टाचार गर्नमा माहिर रहेका एनजीओ तथा संघसंस्थाका संचालक केवटले अकूत सम्पत्ति आर्जन गरेर गाडी तथा बीरगंजका कयौं ठाँउमा घडेरी जोड्न सफल भएका छन् । उनले कति भ्रष्टाचार गरेका छन् भने सत्य तथ्य पत्ता लगाउनका लागि सम्पत्ति शुद्धिकरण विभागमा पनि उजुरी परेको छ ।
यस्ता झोले तथा भ्रष्टहरुले गर्दा पर्साको अधिकांश राम्रो संघ संस्थाहरुलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो समाजिक विकास सम्बन्धी कामहरुको बदनामी भइरहेको छ ।
Discussion about this post