इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी पछिल्लो समय एक्सनमा आएका छ । प्रहरीले बढ्दो लागू औषधको ओसार पसार, विक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशिलताको नीति अवलम्वन गरी प्रचलित कानून बमोजिम कारवाही बढाएको हो ।
समाजमा बढ्दो लागूऔषध दूर्व्यसनलाई न्यूनिकरण गर्ने अभियानलाई सुनसरी प्रहरीले निरन्तरता दिन सुरु गरेपछि यस क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरु धमाधम प्रक्राउ पर्न थालेको कारण प्रहरी एक्सनमा आएको आम सर्वसाधारणको बुझाई छ ।
अहिले समान्यतया प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध ओसारपसार गर्ने जो कोहीलाई प्रहरीले हेर्न नसक्ने र तत्काल कानुनी दायरामा ल्याउन थालेपछि प्रहरीप्रति आम जनताको विश्वास बढ्न थालेको छ ।
प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध ओसारपसारमा सलगन भएका व्यक्ति तथा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिन थालेपछि यस क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरु पलायन हुन थालेको सीमावर्ती क्षेत्रका स्थानीयहरुको कथन छ ।
उता जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत रहेका प्रहरीहरुको सकृयतामा एक हप्ताभित्र ४ सय ८१ जना लागूऔषध दूर्व्यसनीमा संलग्न भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई उद्धार गर्न थालेपछि प्रयोगकर्ताहरु सचेत हुन थालेको प्रहरी नायव निरिक्षक राजकुमार राइको कथन छ ।
प्रहरी नायव उपरीक्षक राईका अनुसार लागू औषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरुको समाजमा सामाजिक जीवन पुनःस्थापना कायम गराउने उदेश्यले प्रहरी कार्यालय सुनसरीद्धारा १ हप्तामा ४८१ जना नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले बढ्दो लागूऔषधको ओसार पसार, विक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशिलताको नीति अवलम्वन गरी प्रचलित कानून बमोजिम कारवाही गरी बढ्दो लागूऔषध दूर्व्यसनलाई न्यूनिकरण गर्न साथै लागू औषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरुको समाजमा सामाजिक जीवन पुनःस्थापना गराउन अभिभावकहरुलाई जानकारी÷सम्पर्क गरी थप जिम्मेवार बनाई समाजमा शान्ती सुव्यवस्था कायम राख्न विशेष सुरक्षा योजना अघि बढाएका छन् ।
सुनसरी जिल्ला अन्तर्गत रहेको लागू औषध सेवन तथा कारोवार हुने विभिन्न मूख्य–मूख्य स्थानहरुमा विशेष सुरक्षा योजना बनाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत सम्पूर्ण प्रहरी ईकाईहरुमा विशेष प्रहरी टोली परिचालन गरी मिती २०७९ माघ १२ गते देखी मिती २०७९ माघ १८ गते सम्म १ हप्ता सम्म संचालन गरेको विशेष अभियान अभियानमा ४ सय ८१ जना नियन्त्रण लिएर पहिलो पटक ४ सय ७५ जनालाई सम्झाई बुझाई परिबारको जिम्मा लगाएको प्रहरी उपरीक्षक राइले बताए ।
उनले बताएअनुसार लागू औषध सेवन तथा कारोवार हुने विभिन्न मूख्य–मूख्य स्थानहरुबाट पुरुष– ४७३ र महिला– ८ गरी जम्मा ४८१ जना लागूऔषध दूर्व्यसनमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको मध्ये ४७५ जनालाई सम्झाई बुझाई तथा आवश्यक मनोपरामर्श दिई निजहरुको अभिभावकहरुलाई बोलाई थप जिम्मेवार बनाई जिम्मा लगाईएको बताए ।
त्यस्तै लागु औषध दूर्व्यसनमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको मध्ये १ जनालाई सुधार केन्द्र पठाईएको र ५ जनालाई कानूनी प्रक्रिया वमोजिम मुद्दा चलाई आवश्यक अनुसन्धान कारवाही अघि बढाएको बताए ।
प्रहरीको तथ्यांकमा लागू औषध सेवन तथा दुर्व्यसनमा सबै भन्दा बढी १६ देखि ३० बर्ष उमेर समूहका व्यक्तिहरू संलग्न रहेको देखिएका छन् ।
सो मध्ये लागुऔषध दुर्व्यसनी ग्रस्त एरिया धरान उपमहानगरपालिकामा ९९ जना, इटहरी उपमहानगरपालिका ६२ जना, बराहक्षेत्र नगरपालिका १४२ जना , रामधुनी नगरपालिकामा ८ जना, इनरुवा नगरपालिकामा ५७ जना र दुहबी नगरपालिकामा ८ जना रहेका छन् भने अन्य बर्जु गा.पा.मा ६ जना, गढी गा.पा. मा १४ जना,देवानगंज गा.पा. मा १० जना , हरीनगर गा.पा.मा ४ जना,भोक्राहा नरसिंह गा.पा.मा ११ जना, कोशी गा.पा.मा १० जना र अन्य ५० जना व्यक्तिहरुलाई प्रहरीको कारवाहीमा परेको उनले बताए ।
प्रहरी नायव उपरीक्षक राईले भने लागू पदार्थ दुर्व्यसन र लागू औषध नियन्त्रण आफैंमा संवेदनशील छ । किनकी यसले देशको ऊर्जाशील जनशक्तिलाई कुलतमा फसाउने काम त गरेको छ नै त्यो भन्दा बढी सुरक्षा चुनौती पनि बढाउँदै गएको छ । नियन्त्रणमा सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नरहेको बताउँदै लागूऔषध नियन्त्रणमा अभिभावकहरुलाई सचेत हुन् आवश्यक रहेको बताए ।
Discussion about this post