इनरुवा । कोशी प्रदेश स्थित मोरंगको बुढीगंगा गाउँपालिकामा किशोरीहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ ।
बुढीगंगा गाँउपालिका भित्रका किशोरीहरुको लागि स्थानीय अगुवा अधिकारकर्मी तथा समाजसेवी भावना ऋषिदेवको सहजीकरणमा आयोजक इन्टरनेशनल रिप्वलिकेन इस्च्युट र साझोदार संस्था नेपाल लिडरशिप एकेडमी र एस प्राजेक्ट अन्तरगतको कार्यक्रम सम्पन्न गरिएको हो ।वर्तमान अवस्थामा प्रायः किशोरीहरु पीडित बन्दै गरेको घटनाहरु दिनप्रतिदिन सार्वजानिक भइरह्दा यहाँका किशोरीहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको अधिकारकर्मी तथा समाजसेवी भावना ऋषिदेवले बताइन् ।
उनले दिएको जानकारीअनुसार बालबालिका तथा किशोरीमा हुने हिंसा न्यूनिकरणाका पालिका स्तरिय किशोरी संजालको निमार्ण कार्यक्रमको संचालन गरिएको बताइन् ।सो कार्यक्रममा बुढीगंगा गाउँपालिका भित्रका विभिन्न वडाका ५० जना भन्दा बढी किशोरीहरुको सहभागिहरु रहेको थियो जसमा म र मेरो लक्ष्य, किशोरवस्था, नेतृत्व, समुह संजाल परिचय र यसको महत्व र आवश्यकता साथै पालिकासँग माग पत्र निमार्ण गरेको बताईन ।
पालिकास्तरिय १३ सदस्यीय किशोरी संजालमा छनोट भएका सम्पूर्ण सदस्यहरुलाई गाँउ पालिका अध्यक्ष जित नारायण थापा मगरले दोस्ल्ला, अबिर र सयपत्री माला लगाएर उनीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।पालिका अध्यक्ष जित नारायण किशोरी सञ्जालका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गदैँ भने मैले लामो समय देखी किशोरीहरुको समुह र किशोरी सम्बन्धि काम गर्न खोजे पनि नसकिरहेकामा हाल विभिन्न संस्थाको माध्यमबाट र युवा अभियानकर्ता तथा अधिकारीकर्मी वहिनी भावना ऋषिदेवको सक्रियतामा पालिका स्तरीय किशोरी संजालको निमार्ण हुँदा आफु हृदयदेखी खुशी भएको बताए ।उनले किशोरी संजालका सम्पुर्ण पदाधिकारीहरुलाई मेरो व्यक्तिगत तथा पालिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै बालबालिका, किशोरी तथा महिलाहरुको लागि हामीले विभिन्न कार्यक्रम सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा पालिका अध्यक्ष जित नारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार सहभगीतामा पुष्प पोखरेल, र भावना ऋषिदेवले सहजीकरण गरेका थिए ।
Discussion about this post