इनरूवा । गत माघ २६ गतेका दिन कृषि ज्ञान केन्द्र सुनसरीकाे कार्यालयमा दिउँसो दुई कर्मचारी बीच जुता हानाहान भएको खबर सार्वजनिक भएको छ ।
साेही कार्यालय कार्यरत रहेका तत्कालीन लेखा अधिकृत रेवती कटेल र ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बीच जुता हानाहान भएको खबर बिहीबार कार्यालय स्राेतले सार्वजनिक गएको हाे ।स्राेतका अनुसार नियमसँग नमिल्ने कागजात जसरी पनि तयारी गरि भुक्तानी गर्नुपर्ने भन्दै त्यहाँका लेखा अधिकृत कटेललाई अशब्द्व बाेली बाेल्दै रूखाे व्यवहार गरेका थिए ।
तर लेखा अधिकृत कट्टेलसँग प्रदेश प्वाइन्ट सहितका पत्रकारहरूकाे टीम वहाँसँग प्रतिक्रिया समेत लिएका छन् ।
उनले पत्रकारहरूसँग कुरा गर्दै भने “म भ्रष्टाचार गर्ने र कमिशन खाने कर्मचारी हाेइन” मलाई कसैले बिना काम भुक्तानी गर भनेपछि म कसरी गर्नु मलाई नियम कानुनमा बस्नुपर्ने मैले त्यहाँका कार्यालय प्रमुख सिंहलाई भनेको बताए ।तर उनले भने मलाई आफैं कामकाज गर्न नराम्रो लाग्याे, त्यहीँ भएर म सरूवा गराएर भेटनरी तथा पशु अस्पताल सुनसरीकाे कार्यालयमा भयाे ।
त्याे दिनकाे मलाई समझाना आउछ , त्याे दिन मैले भने यसरी बिना काम पैसा निकासा गर्न मिल्दैन भने, मलाई त्यहीँ कारण अशब्द्व बाेली र मुक्का सँगै जुता प्रहार भएको बताए ।
लेखा अधिकृत कट्टेलमाथी जुता र मुक्का प्रहार गरेपछि मैलेपनि पछिबाट जुता उठाएको बताए तर मैले जुता प्रहार नगरेको सिंहमाथी जुता मात्रै उठाएकाे बताए । त्यस्तै यहीँ विषयमा प्रतिक्रिया लिन कृषि ज्ञान केन्द्रका प्रमुख सिंहलाई पटकपटक फाेन गर्न खाेज्दा फाेन उठाएकाे छैन् । हाम्रो टीम प्रतिक्रिया लिनकै लागि कार्यालय समेत पुग्याे तर वहाँ कार्यालयमा नभई बाहिर गएको कार्यालय स्रोतले जनाएको छ ।
उता गता आर्थिक वर्षमा कृषिको ज्ञान केन्द्र सुनसरीको विभिन्न शिर्षककाे रकम हिनामिना गरेको यसैबाट प्रष्ट हुन्छ ।
Discussion about this post