लाैकही। सुनसरीको कोशी गाउँपालिकामा सवारी साधन भाँडा, इन्धन खर्च र इन्धन वितरणमा ब्यापाक अनियमितता भएको पाईएको छ ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीलाई महालेखा परिक्षकको कार्यालयले २०८० बैशाख महिनामा चलानी नम्बर ६७ को पत्रसाथ पठाएको अनियमितताको प्रतिवेदन पत्रमा सो कुरा उल्लेख छ ।
जसअनुसार कोशी गाँउपालिकाले पालिकामा रहेको यन्त्र उपकरण ब्याक हु लोडर (स्काभेटर) सञ्चालन गर्दा आम्दामी २९ हजार ३ सय १० रुपैया र खर्च २५ लाख १४ हजार २४२ रुपैया गरी आर्थिक कार्य विधी ऐन नियमावली र पालिकाको नीति विपरित गाउँपालिका अध्यक्षको मौखिक निर्देशनमा रकम खर्च गरेकाले अनियमितता गरेको ठहर गरेको छ ।
महालेखाले स्काभेटर सञ्चालन गर्दाको इन्धन खर्च १३ लाख ७३ हजार ४० रुपैया र सवारी चालक अप्रेटरको पारिश्रमिक बापतको ६ लाख ८३ हजार २९० रुपैया र सोही सवारी साधन मर्मतका लागि ४ लाख ५७ हजार ९१२ रुपैया खर्च भएको र आम्दामी भएको २९ हजार ३१० रुपैयासमेत गाउँपालिकाको खातामा बचत नभएको सो शिर्षकमा बचत शुन्य देखिएको उल्लेख गरेको छ ।
कोशी गाउँपालिकाले उक्त उपकरण सञ्चालनको लगसिट नराखेको, लगानी र आय विवरण नराखेको, उपकरण पालिका आफैले सञ्चालन गर्ने कुनै कार्यबिधी नभएको, पालिकाका पदाधिकारीले मौखिक निर्देशनको आधारमा सञ्चालन गर्ने गरेको र पालिकाबाट यस शिर्षकमा भएको खर्च प्रति विश्वस्त हुन सक्ने आधार प्रमाण नरहेकाले अनियमितता भएको महालेखाले ठहर गरेको हो ।
त्यसैगरी सो गाउँपालिकाले कोशी प्रदेशको सार्वजनिक खर्चको मापदण्ड कार्यबिधी सम्बन्धी निर्देशिका २०७५ लागु नगरी सवारी साधनको किसिम, इन्धन खर्च र मर्मत खर्चमा मापदण्ड बिपरित खर्च गरेको पाईएको छ ।
गाउँपालिकाले एकै वर्षमा ७२ लाख ८० हजार ७३७ रुपैया इन्धनमा खर्च गरेको छ । सो रकम कार्यविधीअनुसार नभएकोले अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार बार्षिका इन्धनखर्च र उपभोगको विवरण खुल्ने आधार प्रमाण र अभिलेख समेत राखेको नपाईएकोले मापदण्ड विपरित इन्धनमा ७२ लाख ७० हजार ७३७ रुपैया खर्च भएको देखिन्छ भनिएको छ ।
यसैगरी गाउँपालिकाले सार्वजनिक कार्यालयको बार्षिक इन्धन सवारी साधन मर्मत खर्च सोही कार्यालयबाट बजेटमा ब्यवस्था हुने हुँदा अनियमित रुपमा अन्य सार्वजनिक कार्यालयलाई इन्धन र मर्मत खर्च उपलब्ध गराएको हुँदा ५ लाख १४ हजार ७४२ रुपैया रकम अनियमित खर्च भएकाले बेरुजु ठहरिने उल्लेख छ ।
पालिकाले बीओपी लौकहीलाई इन्धन र सवारी साधनमर्मतमा ३८ हजार ४२५ रुपैया, इप्रका लौकहीलाई इन्धनमा १३ हजार ४२५ रुपैया, ट्राफिक प्रहरी लौकहीलाई इन्धनमा २ हजार ७२१ रुपैया, बीओपी श्रीपुर, बीओपी लाही, प्रहरी चौकी हरिपुर, ट्राफिक प्रहरी भाण्टावारी, प्रहरी चौकी कोशीब्यारेज, प्रहरी चौकी श्रीपुर, प्रहरी चौकी कटानलाई समेत २ हजार ७२१ रुपैयाको दरले दिएको रकमलाई अनियमित ठहर गरेको हो ।
त्यसैगरी ट्राफिक प्रहरी रिफ्रेसमेन्टलाई इन्धन १३ हजार ४२५, इलाका प्रहरी भाण्टावारी इन्धन ५० हजार ७७४, बीओपी भाण्टावारी १३ हजार ४२५, विभिन्न सुरक्षा निकायका कार्यालयलाई मौलापूजा खर्च ३ लाख, भाण्टावारीमा विद्युत महसुल खर्च बापतको ६३ हजार ५ सय रुपैया खर्च देखाईएपनि खर्चको पुष्टी हुने कुनै प्रमाण नभएको उल्लेख छ ।
त्यसैगरी कोशी गाउँपालिकाले सवारी साधन भाँडाबापत विभिन्न ब्यक्ति र संस्थालाई ९ लाख रुपैया भुक्तानी गरेको देखिन्छ ।
तर कार्यालयले गाडी भाँडामा लिदा सम्झौता नगरेको, लिने प्रयोजन नखुलेको, प्रयोग गरेको अवधी नखुलेको, सवारी लगबुग नभएको र कुन कार्यको लागि कस्ले कुन समयसम्म प्रयोग गरेको हो भनि यकिन गर्न नसकिएकोले आर्थिक कार्यविधी नियमावली २०७७ को नियम ३९ को १० बिपरित भएको ठहर गरेको छ ।
Discussion about this post