इटहरीः पैसाका लागि मानिसले कतिसम्म गिर्छ भन्ने इटहरीको एउटा घटनाले चरितार्थ गरेको छ ।
केही समयअघि वीरगञ्जका मेयर राजेशमान सिंहको पुर्वको एक महिलासँगंको सम्वन्धका बारेमा केही अनलाइनहरुमा समाचार आएको थियो ।
समाचारमा महिलाको नाम उल्लेख नभएपनि एनटिभी इटहरीमा कार्यरत एक महिला कर्मचारीेले समाचार आएको अनलाइनका सम्पादकलाई फोन गरेर आफ्नो मेयरसँगं कुुुनैपनि सम्वन्ध नभएको गुनासो गरेकी थिइन । र मेयरले आफुलाई मोवाइल लगायत कुनै खालका उपमहार समेत नदिएको दावी गरेकी थिइन । तर उनीहरु बीच सामाजिक सञ्जाल र फोन म्यासेजमा भएका संवादहरु आफुसँग सुरक्षित रहेको सम्पादकले बताएपनि ती महिला कर्मचारी अक्कन बक्क भएकी थिइन ।
एनटिभी इटहरीको काम बिषेशले वीरगञ्ज पुगेकी उनको मेयर सिंहसँग भेट भएको थियो । पहिलो भेटमै उनीसँग आर्कषित भएका मेयर सिंह र उनी बीच मोबाईल नम्बर साँटा साँट भएको थियो । सो भेट र मोबाइल नम्बर साटासाट पछि उनीहरु बीच प्रतिदिन बाक्लो फोन वार्ता शुरु भएको थियो ।
उनी बीचमा फोन र सामाजिक सञ्जालको वार्ताले यस्तो मोड लियो कि उनी अनेकन बहाना बनाएर मेयर सिंहलाई भेट्नकै लागि काठमाडौं जान तयार भइन् । उनीहरु बीच काठमाडौंमै भेटेर रमाउने योजना अनुसार मेयर सिंहले उनका लागि २०२३ मे ४ तारिक दिन बुद्ध एयरको टिकट नै काटेर पठाईदिएका थिए । उनको सो दिन सो एयरको वेलुका ६,३० को उडान थियो । उनको कर्तुतका बारेमा घर परिवारका सदस्यले चाल पाएपछि काठमाडौं उड्नका लागि विराटनगर एयरपोर्ट पुगेकी उनलाई तत्काल फर्काएर इटहरी घर ल्याएका थिए ।
त्यसबेला त परिवारका सदस्यले उनलाई एयरपोर्टबाट फर्काउन सफल भए । तर महङ्गो मोबाइल र केही पैसा पाएर मेयरको माया जालमा परिसकेकी उनीे विरामीको वाहानामा उपचार गर्न काठमाण्डौ गएरै छाडिन । सिकिस्त भएर साताभर घरमा आराम गरेकी महिला थप उपचारको वहानामा काठमाण्डौ पुगिन । शनिवार काठमाण्डौ पुगेकी उनीलाई भेटन आइतवार वीरगञ्जका मेयर सिंह समेत काठमाण्डौ आएका थिए । आइतवार दिनभरी नै वीरगञ्जका मेयरको मोवाइल स्विचअफ थियो । ती महिलाले आफु आइतवार अस्पताल गएको घरमा बताएका थिइन । तर उनको अस्तपतालको रेकर्डमा उनी सोमवारमात्र चेकअपका लागि गएको देखिएको छ ।
घरपरिवारलाई चक्कमा दिएर हौसिएकी ती महिला कर्मचारीको रफ्तार त्यतिकैमा रोकिँदैन । त्यस लगतै १५ दिन पछि पुनः फलोअपका नाममा काठमाण्डौ पुगिन । सात दिन पछि फेरी कार्यालयमा घर विदा वस्छु भन्दै विहिवार वेलुका काठमाण्डौ पुगिन । र आइतवार फर्किइन । स्रोतका अनुसार त्यसवेला उनी काठमाण्डौमा मेयर सिंहसगं रहेको बुझिएको छ ।
गाइनो सम्बन्धि समस्या भएको बताउने उनी इटहरीको सरकारी अस्पतालमा गाइनोका राम्रो डाक्टर भएपनि त्यहाँ देखाउन गइनन । इटहरी अस्पताल नगएपनि उनी धरान र विराटनगरका ठूला अस्पतालमा गाइनोका बिषेशज्ञ डाक्टरहरु भएपनि त्यहाँ नगई ३ पटक एक्लै उपचारका नाममा काठमाडौं गएकी थिइन ।
उनले एनटिभी इटहरीमा भने विरामी नै भएको अस्पतालको रिर्पोट सहितको कागजात पेश गरेकी बुझिएको छ ।
घरमा श्रीमान् सोझो भएकै कारण उनले बारम्बार श्रीमानलाई चक्कमा दिन सफल हुँदै आएकी छन् । श्रीमानले उनलाई धेरै विश्वास गरेका कारण त्यसमा उनले पटक पटक घात गरिरहेको बुझिएको छ ।
विराटनगरमा भएको श्रीकृष्ण रथयात्रामा अतिथि हुन आएका वीरगञ्जका मेयर सिंह भोली पल्ट इटहरी आएका थिए । स्रोतका अनुसार ती महिला कर्मचारी सिकिस्त भएका कारण घरमा आराम गरिरहेकी थिइन । इटहरी मेयर आउने खबर पहिला नै पाएकी उनले परिवारका सदस्यलाई कार्यालयमा एकदमै जरुरी काम पर्यो भनि अर्को चक्कमा दिएर केही घण्टा मेयरलाई समय दिएकी थिइन ।
एनटिभी इटहरीका केही कर्मचारीहरुका अनुसार उनी कार्यालय र आफिसको काममा वाहिर जादा समेत उनी भिडियो कलमा मेयरलाई बारम्बार वावा भनेर सम्बोधन गरेको र मेयरले उनलाई कालु भनेर वोलाउने गरेका छन् ।
स्रोतका अनुसार मेयरले उनलाई इटहरीमा भेटेपछि कार किनिदिने आश्वासन दिएपछि उनी मेयरप्रति झनै अनुग्रहित भएको वुझिएको छ । उनी अहिले कार समेत सिक्न थालेकी छन् । दशैमा कार किनिदिने भनेर आफ्नै नजिकको साथीहरुलाइ उनी आफै बताउदै हिँड्ने गरेको बुझिएको छ । उनलाई राम्रो दृष्टिले हेर्ने उनका नजिकका साथीभाई , आफन्तहरुले पटक पटक यस खालको हर्कत बन्द गर्न सुझाएको बुझिएको छ । सुझाउँदा आफुबाट गल्ती भएको भन्ने तर भोली पल्टबाटै मेयरसँगको संवाद थालिहाल्ने गरेकाले साथीभाई र आफन्तहरु पनि हैरान भएका छन् ।
पैसा र पावरकालागी जे पनि गर्ने ती महिला कर्मचारीको यस भन्दा अघि पनी आफ्नै कार्यालयको निर्मातासँग नाम जोडिएर अश्लिल म्यासेन्जर वार्तालाप वाहिर आएको थियो । उनीहरु बीचको यौनजन्य वार्ता बाहिर आएपछि एनटिभी इटहरीमा तहल्का नै मच्चिएको थियो । सो बेला एनटिभी इटहरीको प्रमुख गजुरधन राई थिए । सो बेला उनलाई कार्वाहीका लागि फायल उठेको थियो । त्यसबेला राई सामु धुरु धुरु रोएकी थिइन । सो बेला कार्यक्रम निर्माताको भने समय अवधि नपुगि अगाबै काठमाडौं सरुवा भएको थियो । उनको जागिर भने जसो तसो थमौती भएको थियो ।
कार्यालको काम भन्दा पनी वढि चाकरी र गलत सम्बन्धका कारण चर्चामा रहने ती महिलाको कार्यालयमा नयाँ हाकिम आएसगै काममा एक पछि अर्को गल्ति समातिएको समेत स्रोतले बताएको छ ।
कार्यालयका कुनै महिला कर्मचारीका बिषय त्यस्तो केही उजुरी या जानकारी नआएको एनटीभी इटहरीका प्रमुख राजेन्द्रराज तिम्सिनाले बताए । संस्थालाई नोक्सान हुने खालको कार्य गरेको भए त्यस्तालाई तत्काल छानविन गरि कार्वाही गर्ने उनले बताए । व्यक्तिगत रुपमा कस कसले बाटा बाटामा के के गर्दै हिड्छन् त्यस बारे संस्थाले चासो नराख्ने उनको भनाई छ । स्रोत:प्रदेश पाेर्टल
Discussion about this post