इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा न.७ निवासी विद्यानन्द मेहतालाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
गएराती स्थानीय मेहताकाे एउटा टीना छानाे भएको घरमा आगलागी भएपछि नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह उपशाखाले राहत सामग्री हस्तान्तरण गरिएको हाे ।
अचानक मेहताकाे घरमा गएराती १२ बजे घरमा आगलागी भएको भन्दै अनुमानित ५० हजार भन्दा बढीकाे सरसमान सहित एक थान गाई समेत आगलागीबाट घाइते भएको पीडित परिवार विद्यानन्द मेहताकाे कथन छ ।
मेहताकाे भनाइअनुसार गएराती आगलागी भएपनि कारण भने हाल सम्म पत्ता नलागेको बताउदैँ भने आगलागी नियन्त्रणमा लिन धाैँ – धाैँ परेको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीमा जानकारी गराउँदा समेत बारूण यन्त्र नपठाइएकाे गुनासो गरेका हुन् ।
उनलेे भने जिल्ला प्रहरी कार्यालय सुनसरीलाई राति १२ बजे बारूण यन्त्र (दमकल) काे लागि फाेन गर्दा इलाका प्रहरी कार्यालय लाैकही जानकारी गराउनु भन्दै फाेन काटेको बताए ।उता इलाका प्रहरी कार्यालय लाैकहीलाई आगलागीकाे बारेमा जानकारी गराउँदा हाम्रो कार्यक्षेत्रमा पर्दैनन् तपाईं प्रहरी चाैकी उल्टी फाेन गर्न सुल्झाएकाे उनलेे बताए । आगलागी भने स्थानीय गाउँवासीहरूकाे सहयोगमा नियन्त्रणमा आएको स्थानीय कुसेश यादवकाे कथन छ ।
यसैवीच पीडित परिवारलाई राहत पुरयाँउन रेडक्रसले पीडितको घरैमा पुगेर आज शुक्रवार त्रिपाल, ब्ल्याकेट, भाडावर्तन लगायतका राहत सेट सामग्री उपलव्ध गराईएको रेडक्रस सचिव रामकुमार मेहताले बताए । ती राहत सेट भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजम अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, भाेक्राहा नरसिंह वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव, स्वास्थ्य शाखा प्रमुख हिरा साह,रेडक्रस सभापति युवराज दाहाल ,कोषाध्यक्ष पवन मेहता लगायतका व्यक्तिहरूले हस्तान्तरण गरेका थिए ।
Discussion about this post