इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
बुधबार र बिहीबार गरि दुई दिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि दुई दिने आधारभूत तालिम दिइएको हाे ।तालिम भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय चिराैली सुनसरीको आयाेजना तथा सेभ द अर्थ सुनसरी र फेयर मेड (हेल्थ फर द पाेेरेस्ट) काे सहकार्यमा दुई दिने उष्णप्रदेशीय राेगहरू (NTDs) सम्बन्धि आधारभूत तालिम सम्पन्न गरिएको सामुदायिक स्वास्थ्य प्रशिक्षक रूखसाना प्रविणले जानकारी दिइन् ।साे कार्यक्रममा जनस्वास्थ्य निरिक्षक हिरा साह, स्वास्थ्य चाैक नरसिंहका जनस्वास्थ्य निरिक्षक प्रदिप यादव, स्वास्थ्यकर्मी देवसुन्दर मेहता, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ५ का स्वास्थ्यकर्मी राजेश यादव, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ८ का स्वास्थ्यकर्मी नितेश यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।भने कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका वडा नम्बर ४,५ र ७ मा कार्यरत २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूकाे उपस्थिति रहेको थियाे ।कार्यक्रम दुई दिन सम्म बिपी आधारभूत विद्यालय भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा संचालन गरिएको सामुदायिक स्वास्थ्य प्रशिक्षक रूखसानाले बताइन् ।
Discussion about this post