दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा गएराति भएको आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ ।
गएराती विद्युत सर्ट भई भाेक्राहा नरसिंह वडा नम्बर ७ का स्थानीय लालदेव यादवकाे एक घर जलेर नष्ट भएको र उनको छिमेकी दिलिप यादवकाे घरमा समेत आंशिक क्षति भएको हुदाँ क्षतिपूर्ति बापत उनीहरूलाई रकम सहितको आवश्यक राहत प्याकेज उपलब्ध गराउने पालिका अध्यक्ष अजमल अख्तर आजाद बताएका हुन् ।
उनका अनुसार सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा, घर बनाउन राखिएको साल प्रजातिकाे काठ लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताए ।उता पालिका अध्यक्ष आजाद “जनतालाई परेको दुख र पीडामा साथदिन कहिले पछि नहट्ने” जनप्रतिनिधिको कर्तव्यबोध गर्ने जनप्रेमी भावना भएको व्यक्ति आफ्नो घर जलेर खरानी भएको हुँदा तत्काल आगलागीबाट भएको क्षतिपूर्तिको अनुगमन तथा निरीक्षण गर्न आउँदा परेको पीडा पनि हराएको स्थानीय वडा नम्बर ७ का आगलागी पीडित लालदेव यादव बताउँछन् ।
स्थानीय लालदेव यादवले बताएअनुसार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद एक उदाहरणीय व्यक्ति मात्रै नभई जनप्रेमी भावनात्मक भएको व्यक्ति भएको बताए ।
उनले भने अहिले आगलागी भयाे, भाेलीका दिनमा अन्य विपद आउँन सक्छन् तर हाम्रो गाउँमा एम्बुलेन्स, दमकल आउने बाटो नभएको कारण हामीले विभिन्न किसिमका समस्या भाेग्दै आएका छाैं, हाम्रो समस्याको समाधान गर्न पालिका अध्यक्ष आजादले तत्काल चासो देखाउनु भएकोमा आफुहरू खुशी भएको प्रदेश प्वाइन्ट अनलाइनलाई जानकारी गराएका छन् ।यता पालिका अध्यक्ष अजमल आजादले जनताको समस्या मात्रै नभई हाम्रो समस्या भएको बताउँदै तत्काल समस्या समाधान गर्नेका लागि गाउँ स्तरीय छलफल गरि निकास निकाल्ने बताए ।
त्यस्तै मौसमको परिवर्तनसँगै पृथ्वीमा आउने विभिन्न प्रकारका मौसमी तथा ऋतु परिवर्तनका गतिविधिहरुले गर्दा वर्षेनि भाेक्राहा नरसिंह गाउँपालिकामा आगलागीका घटनाहरुमा वृद्धि भई ठूलो धनजनको क्षति हुने गरेको बताएका छन् । विशेषगरी हेमन्त ऋतु, शिशिर ऋतु, बसन्त ऋतु तथा ग्रिष्म ऋतुमा आगलागीका घटनाहरु बढी हुने गरेका छन् । गर्मी महिना शुरु भएसँगै भाेक्राहा नरसिंह गाउँपालिका लगायत विभिन्न जिल्लामा आगलागीका घटनाहरु बढ्न थालेका छन् । गर्मी महिनामा बढिजसो हावा, हुरी चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने खतरा रहेको बताए । उनलेे भने अहिलेको समयमा हामीले आगोलाई एकदमै होसियारपूर्वक प्रयोग गर्न जनसमुदायलाई आग्रह समेत गरेका छन् । त्यस्तै साे आगलागी घटनाको अनुगमनमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, वडा नम्बर ७ का सदस्य बाैवालाल यादव, कार्यपालिका सदस्य धर्मनाथ भगत, प्रहरी चाैकी उल्टीका प्रहरी सहायक निरिक्षक तारा पाेखरेल, नेकपा एमाले भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव रमेशकुमार यादव, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादव, उत्तम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पंकज यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति आगलागी घटनाकाे अनुगमन तथा निरिक्षण गरिएको थियोे । उता अनुगमन टोलीले विद्युत् सर्ट भएर आगलागी भएको निष्कर्ष निकालेका छन् ।
Discussion about this post