• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रिमियर लिग दोस्रो संस्करण सुरू, उद्घाटन खेलमा दुहबी क्यापिटल्सको उत्कृष्ट प्रदर्शन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ फाल्गुन ५ गते, १९:४४ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, खेल पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
कोशी प्रिमियर लिग दोस्रो संस्करण सुरू, उद्घाटन खेलमा दुहबी क्यापिटल्सको उत्कृष्ट प्रदर्शन
22
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कोशी प्रिमियर लिग (KPL-2) दोस्रो चरणको क्रिकेट खेल सुरु भएको छ। आज फागुन ५ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगिता डाक्टर खलिल आजाद खेलकुद ग्राउन्ड, भोक्राहा नरसिंह–४ मा भइरहेको छ। उद्घाटन खेलमा दुहबी क्यापिटल्सले नमुना ब्लास्टर इटहरीलाई १४५ रनको लक्ष्य दिएको छ।

कोशी प्रिमियर लिग दोस्रो संस्करणको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षता तथा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा प्रदेशसभा सदस्य इस्राइल मंसुरी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतका जनप्रतिनिधि, समाजसेवी, पत्रकार, खेलप्रेमी तथा सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री मण्डलले कोशी प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “कोशी प्रदेशको खेलकुद स्तर उकास्न प्रदेश सरकारले आवश्यक लगानी गर्नेछ। स्थानीय स्तरमा यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुर्‍याउने विश्वास लिएका छौँ।”

कार्यक्रमका अध्यक्ष तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले कोशी प्रिमियर लिग जस्ता प्रतियोगिताले युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने बताए। उनले भने, “हाम्रो गाउँपालिकाले खेलकुदको प्रवर्द्धन गर्दै स्थानीय खेलाडीलाई अवसर दिने नीति लिएको छ। आगामी दिनमा अझ व्यवस्थित क्रिकेट मैदान निर्माण गर्न पहल गरिनेछ।”

उद्घाटन खेलमा दुहबीको उत्कृष्ट प्रदर्शन

सोमबार भएको पहिलो खेलमा दुहबी क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै नमुना ब्लास्टर इटहरीलाई १४५ रनको लक्ष्य दिएको छ। दुहबीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रन बनायो। दुहबीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा बलियो सुरुवात गरेका छन्।

कोशी प्रिमियर लिग दोस्रो संस्करणमा विभिन्न जिल्लाका उत्कृष्ट क्रिकेट टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिका कारण प्रतियोगिता अझ रोमाञ्चक बन्ने आयोजकले विश्वास लिएको छ। आगामी दिनमा थप प्रतिस्पर्धात्मक खेलहरू हुने आयाेजकले बताएको छ।

Tags: उत्कृष्ट प्रदर्शनउद्घाटन खेलमाकोशी प्रिमियरदुहबी क्यापिटल्सदोस्रो संस्करण सुरूलिग

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist