सुरेन्द्र मेहता कुशुवाहा
। सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले एक महिलाको उद्धार गरि सेफ हाउसमा राखेर उदाहरणीय कार्य गर्नुभएको छ । उपप्रमुख गौतमले बंगलादेशी महिलालाई बेवारिसे अवस्थामा इनरुवामा फेला पारि उद्धार गरेर इनरुवा सेफ हाउसमा राख्नुभएको छ । वहाँले मानवीय सेवा नै सबै भन्दा ठूलो धर्म भएकाले सडक पेटीमा बेवारिसे अवस्थामा रहेकी बंगादेशकी एक महिलाको उद्धार गरेर उनको देशमा समेत पत्राचारसम्मको कार्यमा पहल गर्नुभएको छ ।
बंगलादेशको राजदुताबासलाई समेत जानकारी दिएको र त्यहाँका प्रतिनिधिले इनरुवा आएर ती महिलाको पहिचान गर्ने कार्यमा योगदान गर्न प्रतिवद्धता आएको छ । ती उद्धार गरिएको महिलालाई उनको घरसम्म पुरयाउनका लागि दुताबासले आफ्नो देशमा फोटो सार्जजनिक गरेर पहिचान गर्न लगाउने र आफन्त फेला परे वा आफन्तले मेरो मान्छे भन्ने कुरा गरेपछि उता लान समेत सहजिकरण गर्ने कार्यमा उपप्रमुख पोखरेल लाग्नुभएको छ । दुताबासका प्रतिनिधि उपप्रमुखकै कार्यकक्षमा आएर अवस्था बुझेर जानुभएको छ । उपप्रमुख पोखरेलले दुताबासबाट पहल गर्ने प्रतिवद्धता आएको र त्यसबिचमा इनरुवा नगरपालिकाले आफ्नो निगरानीमा सेफहाउसमा राख्ने काम गरेको बताउनुभयो । इनरुवाकी उपप्रमुख काम प्रति इमान्दार र वफादार भएर लाग्नुभएकोले कहिले बाल विवाह पीडित बनेकी मरिकको उद्धार र उपचार त कहिले सडक पेटीमा खान नपाएर बेवारिसे अवस्थामा रहेकासम्मको उद्धार र संरक्षणमा लागीरहनुभएको छ । पालिकाको उपेक्षामा परेको बेलाबखतमा गुनासो गरेपनि पोखरेल आफ्नो जिम्मेबारबाट कहिले पछि हट्नुभएको छैन । अरु पालिकाको भन्दा इमान्दार भएर काम गरेकाले उपेक्षामा परेको पनि नगरबासीको बुझाई छ । तर पोखरेलले जे काम गर्नुहुन्छ त्यो मन,बचन र असल कर्मले गर्नुहुन्छ ।
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेलले केही महिना अघि मात्रै आफ्नो जन्मदिनको अवसरमा विभिन्न विपन्न समुदायलाई मास्क र सरसफाई सामग्री वितरण गर्नुभएको थियो । इनरुवा वडा नम्बर ३ को खत्वे टोलमा माक्स, सावुन तथा विस्कुट वितरण गर्नुभयो ।
पोखरेलले समय अनुसर सामाजिक र उदाहणीय कार्य गरेर अघि बढ्नभएकाले नागरिक समेत खुसि भएका छन् । केही दिन अछि कोरोना भाइरसका सङ्क्रमितहरूको हौसला बढाउन घरघरमा पुगेर सुझाव र परामर्श दिनुभएको थियो ।
त्यसैगरी वडाले प्रत्येक वडामा सिलाई कटाईमा महिलाको पहुच स्थापित गर्ने र घरमै स्वरोजगार सृजन ागर्ने उदेश्यले सिलाई कटाई मेसिन वितरण गर्नुभएको थियो । वडा कार्यालयहरुमा मेसिन अझै छदैछ भने केहीले सिकेर स्वरोगर भएको र केही सिक्ने र सिकाउने क्रममा रहेका छन् ।
दुहबीमा स्वास्थ्य क्षेत्र सुधारबारे बहुपक्षीय अन्तरक्रिया, सहकार्यमा जोड
दुहबी। सुनसरीको दुहबी नगरपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख बेद...














Discussion about this post