• pradeshpoint
  • Pradeshpoint
Thursday, May 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मानव अधिकार समूहका सदस्य सुरेन्द्र मेहताको अन्तरवार्ता

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ २२ गते, १४:४८ बजे प्रकाशित
in अन्तरवार्ता
मानव अधिकार समूहका सदस्य सुरेन्द्र मेहताको अन्तरवार्ता
113
SHARES
Share on FacebookShare on Twitter

मानव अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्ने देशकै सबै भन्दा ठूलो संस्थाहरु मध्येको एक अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ७७ जिल्लामा नै प्रतिनिधि भएको संस्था हो । देशभर नै संजाल भएको र देशभरको मानव अधिकारको अवस्थाका अध्ययन, रिर्पोटिंग, अनुसंशधान सहित सामाजिक न्यायको पक्षमा वकालत गर्ने र वार्षिक रुपमा नेपाल मानव अधिकार वर्ष पुरस्तक प्रकाशन गर्दै आएको इन्सेकको अभियानमुखी कार्यक्रम अन्तरगत सुनसरीको भोक्राहामा शिक्षा, स्वास्थ्य, खाध्य र आबास अधिकार सम्बन्धी कार्यक्रम सहित जिम्मेबार निकायलाई जवाफदेहि बनाउने इएलपी कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रममा नितान्त अभियानमुखी रहेको र स्वयमसेवक रुपमा मानव अधिकार समूहका सदस्यहरुले सहयोग गरेको छ । त्यसै मध्येका एक सदस्य भोक्राहा नरसिंह गाउँपालिका २ निवासी सुरेन्द्र मेहतालसंग गरेको कुराकानी ः
यहाँलाई स्वागत छ ? सुरेन्द्र जी ।
धन्यवाद सर ।
तपाई मानव अधिकार समूह भोक्राहा नरसिंह गठन गर्ने बेला कसरी सदस्य हुनुभयो ?
हेर्नुस म एक इमान्दार नागरिकले अरुलाई समेत राज्यको कानुन, सेवा, सुविधा र मानव अधिकारको पक्षमा वकालत गर्दै आएको थिए । तर संस्थागत रुपमा काम गरेको थिईन् ।
म ग्रामीण क्षेत्र भोक्राहा देखि सुनसरी सदरमुकाम इनरुवासम्मलाई कार्यथलो बनाइ विभिन्न पत्रपत्रिकाका साथै अनलाइनहरु अर्थात मिडियामा काम गरिरहेको समयमा अग्रज पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले मलाई २०७६ सालमा एक कार्यक्रम बीचमा भेटघाट भएको बेला मानव अधिकार रक्षाको निम्ति तथा अधिकारका लागि भोक्राहा नर्सिङह गाउँपालिकामा एउटा मानव अधिकार समूहको गठन हुनुपर्छ । त्यसमा तपाई पनि बस्नुपर्ने, साथसहयोग चाहिन्छ । आफूभित्र समाज सेवाको भवनमा भएकोमा मैले पनि भने ठीक छ हुन्छ । त्यसपछी गाउँपालिका वार्ड नम्बर ४ चिरोली चोकका पृथ्वीनारायण माविको सभा हलमा समिति गठन भेला भएकोमा त्यसमा म पनि सदस्य चयन चयन भएको थिए ।
समूहमा लागेर तपाईले केही काम गर्नुभयो ?
म मानवअधिकार समूहको सदस्य पदमा चयन भए लगतै सहजकर्ता मिना साह र म दुबै जानाको सहभागीतामा भोक्राहा नरसिंह वार्ड नम्बर २ मा भएको सुकुम्बासीहरुको डाटा सक्लन गरेर मानवअधिकार समूह लाई बुझाए । त्यसपछी मानवअधिकार समूहका साथीहरु मिलेर वार्ड नम्बर २ कै स्वास्थ्य चोकीको अनुगमन ग¥र्यौे । अनुगमनमा सेवाग्राही र स्वास्थकर्मी बिचका समस्या लगायत स्वास्थकर्मी र निशुल्क औषधीको बारेमा अनुगमन गरेको थिए । त्यसपछी वार्ड न ३ को समुदायमा भएको शिक्षा, स्वास्थ्य, खाध्य र आबास समस्या बारेमा वडा कार्यालयमा पुगेर वडा अध्यक्ष सुकदेव यादवसङ्ग भेटघाट मार्फत कुराकानी गरेका थियौ । त्यसबाट केही राहत नागरिकलाई पनि मेलेको छ ।
मानव अधिकार समूहले गरेको कार्यक्रममा इन्सेक प्रतिनिधिले खेलेको भुमिका कस्तो रह्यो ?
मानवअधिकार समूहको प्रतिनिधिले खेलेको भुमिका बारेमा भन्नू पर्दा राम्रो रह्यो । पालिका भरिका सुकुम्बासीको अबास, स्वास्थ्य, रोजगार, खाद्यान्न लगायतका समस्याहरु बारेमा सम्बन्धित ठाउँमा राख्दै समाधानका लागि दवाब दिइएको छ । त्यसबाट केही सम्बोधन भएको र केही हुने क्रममा रहेको छ ।
तपाईलाई समूहले केही गरेको छ ? जस्तो लाग्छ भने के के गरेको छ भन्नुहुन्छ की ?
मलाई समूहले मानव अधिकारका निम्ति जनताले पाउने अधिकार बारे जानकारी दिएको छ । प्रेरण दिएको, सचेतना दिएको, गाउँमा शिक्षा,स्वास्थ्य, स्वरोजगार, नागरिकको पहुँच लगायतका अधिकार विषयहरु बारेमा विशेष जानकारी दिएका छ्न । गाउँ तथा वडास्तरमा दुई वर्षमा २० भन्दा बढी अभियानमुखी कार्यक्रम भएको छ । सबै कार्यक्रम चिया खाजा बाहेक निशुल्क रुपमा गरिएको र आफूहरुले समाजसेवाका लागि श्रमदान गरेका छौं ।
तपाईं आफ्नो वा समूहले गरेको कामको र त्यसको असर बारेमा आफ्नो कुरा राखिदिनुहुन्छ की ?
मानव अधिकार समूहका सम्पुर्ण पदाधिकारीहरुले सबै भन्दा पहिलो पटक पालिकाभरिका ८ वटै वार्डका समस्या र सरोकारबालाहरु परिचान गरियो । यहाँका सुकुम्बासीहरुका सवाल, शिक्षामा पहुच र विद्यालय भर्नाको अवस्था, स्वास्थ्य संस्था र त्यसमा नागरिकको पहुच, रोजगारको अवस्था र रोजगारीमा युवाको पहुच, खाध्यान उत्पादन र नागरिकको पहुँच लगायतका सावाल बारेमा पालिकास्तरीय कार्यक्रम भयो । त्यसमा भएको सहमती अनुसार डाटा कलेक्सन ग¥यो । डाटा कलेक्सन गरेपछि मानवअधिकार समूहलाई समस्या पहिचान भयो थप काम गर्न सहज भयो । साथै सुरु सुरुमा महिनामा २ पटक बैठकको निर्णय ग¥यो । सो निर्णयबाट समूहमा काम गर्न थप सहज भएको थियो । त्यसपछी ८ वटै वार्डबाट मानव अधिकार समूहका प्रतिनिधित्व गर्ने मानुभावहरुले इन्सेक प्रतिनिधिलाई आफ्नो आफनो वार्डको मूख्य मूख्य सवाल, समस्याहरु पहिचान गरी जानकारी गराएको थियो । त्यसपछि ती समस्याहरुलाई समाधानका लागि सामुहिक छ्लफल गरेर समाधान तर्फ लग्यो । सो समस्याका बारेमा पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुलाई जानकारी गराईयो । त्यहाँबाट भोक्राहा नर्सिङह गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आबास लगायतका अभियानमुखी कार्यक्रम सुरु गरेको थियो । गुणस्तरीय शिक्षाका लागि भन्नू पर्दा विधालयसंगै मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्थाको माग गरेकोमा पालिकाले सिमित स्रोत सातका बीचमा शिक्षकको व्यवस्था गरेको छ । स्वास्थ्य तर्फ भन्नू पर्दा पालिकाका चार वडा वडामा रहेको स्वास्थ्य संस्था ८ वटै वार्डमा विस्तार गर्नुपर्ने अध्यक्षलाई ज्ञापन पत्र बुझाएपछि कार्यान्वयन भई चार वडाबाट अहिले ८ वटै वडामा स्वास्थ्य संस्थाको स्थापना भएको छ । सुरुमा कृषि पकेट क्षेत्रमा नै गाउँपािलकाभरी नै कृषि प्राविधिक नभएको विषयमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र अध्यक्षलाई जानकारी गराई प्राविधकिो व्यवस्थ ागर्न माग गरेकोमा गत वर्ष प्राविधिक नियक्त भएका छन् । कृषिमा पालिकाका कृषकहरुलाई रासायनिक मल, उन्न्त जातको बीउ बिजन प्रसोधनका लागि सहज होस भनेस स्रोत केन्द्रको भवन निर्माणमा पालिकाले केही बजेट सहयोग गरेको छ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
तपाईलाई धन्यवाद र नागरिक अभियान डटकमलाई पनि धन्यवाद । साथै म जस्तै यस पालिकाका १८ जना साथीहरुले दुई वर्षदेखी मानव अधिकार अभियानमा लागेका छौ । हामी सबै स्वयम सेवकका रुपमा पालिकालाई साकारात्मक दबाव दिदै सबै खालको विकास सहित मानविय विकासका लागि पनि घचघचाईरहेका छौ ।

Related Posts

नियन्त्रित औषधिसहित १ जना पक्राउ
FEATURE

नियन्त्रित औषधिसहित १ जना पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार १२ गते, १२:५३ बजे प्रकाशित
0

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधिसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-५ झर्नाचोक स्थितमा...

विराटनगर: अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने  नक्कली प्रहरी पक्राउ
FEATURE

विराटनगर: अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने नक्कली प्रहरी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार ८ गते, १३:३२ बजे प्रकाशित
0

विराटनगर । जोगबनीबाट सामान लिएर विराटनगर फर्कने अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ...

मेचीनगरमा घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

मेचीनगरमा घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

२०८२ जेष्ठ २५ गते, १३:१२ बजे प्रकाशित
अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङलाई स्वर्ण पदक

अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङलाई स्वर्ण पदक

२०८२ जेष्ठ २५ गते, १२:५४ बजे प्रकाशित
विराटनगरबाट पनि चल्न थाले सवारी साधन

विराटनगरबाट पनि चल्न थाले सवारी साधन

२०८२ जेष्ठ २१ गते, १४:३९ बजे प्रकाशित
मोरङको कानेपोखरीमा राजनीतिक स्रोतहरूको अवैध उत्खनन

मोरङको कानेपोखरीमा राजनीतिक स्रोतहरूको अवैध उत्खनन

२०८२ जेष्ठ २१ गते, १२:२० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist